थाक्सीपोखरा माध्यमिक बिद्यालयको ५४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न



Live Gulmi


नवीन कार्की,गुल्मी ।  थाक्सीपोखरा माध्यमिक बिद्यालयको ५४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर १ मा रहेको थाक्सीपोखरा माध्यमिक विद्यालयले आफनो ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा पुर्व बिद्यार्थी, पुर्व शिक्षक , समाजमा रहेका बुद्धिजीवीका बिचार सदियौ देखिका अभिलेख हरुलाइ समेटेर तयार पारिएको बिशेष स्मारिका “थाक्सीपोखरा दर्पण” नामक पुस्तकको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा र उपाध्यक्ष तारा थापा ढेगा बाट लोकार्पण गरिएको थियो।

Jeewan and Rajan Tailors

सो कार्यक्रममा विभिन्न बिधामा रहेका अक्षयकोष बाट जेहेन्दार बिद्यार्थीहरुलाइ पुरस्कृत समेत गरिएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले ठुला ठुला संरचना भन्दा पनि शैक्षिक गुणस्तरमा ध्यानदिनु पर्ने बताए । खेलकुद देखि अन्य बिधामा यो बिधालय अब्बल रहेको र गुल्मीदरबार गाउँपालिका सधै सबैको साथमा रहेको बताए ।

The Star Family Restaurant

सो कार्यक्रममा गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा, सामाजिक बिकास संयोजक मुकेश थापा वडा न.१ का वडाध्यक्ष राजेन्द्र कंडेल गुल्मीदरबार गाउँपालिकाका शिक्षा शाखाका प्रतिनिधि खिम बहादुर थापा बिधालय व्यवस्थापन समितिका सदस्य लेखेन्द्र पुनले शुभकामना मन्तव्य राखेका थिए ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम पुनको सभापतित्व र गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सहजीकरण सोही बिधालयका शिक्षक शालिकराम अर्याल र गंगु कुवरले गरेका थिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया