सिद्धबाबाको क्लोथ बैंकलाई फेन्सी व्यवसायी संघद्धारा झोला प्रदान



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा रहेको क्लोथ बैंकलाई फेन्सी तथा कपडा? व्यवसायी संघले झोला प्रदान । जिल्ला सदरमुकाम तम्घासमा रहेको उक्त विद्यालयमा गरिब तथा अशक्त विद्यार्थीहरुलाई सहयोग गर्न क्लोथ बैंक स्थापना गरिएको छ ।

फेन्सी तथा कपडा व्यवसायी संघ? गुल्मीले श्रीपञ्चमीको दिन अक्षर आरम्भ गर्न आउने विद्यार्थीहरुको सहयोगलाई झोला प्रदान गरेको हो । फेन्सी तथा कपडा व्यवसायी संघ गुल्मीका अध्यक्ष अर्जुन कार्कीले विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसलाई प्रदान गरेका थिए ।

Jeewan and Rajan Tailors

व्यवसायीहरुबाट सहयोग संकलन गरेर सिद्धबाबा माध्यमिक विद्यालयमा रहेको क्लोथ बैंकलाई सानो सहयोग प्रदान गरेको फेन्सी तथा कपडा व्यवसायी संघ गुल्मीका अध्यक्ष अर्जुन कार्कीले बताए । विद्यालयमा केहि वर्षदेखि गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ क्लोथ बैक स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए ।

The Star Family Restaurant

क्लोथ बैंकलाई सहयोग गरेकोमा फेन्सी तथा कपडा व्यवसायीलाई धन्यवाद दिए । व्यवसायीबाट विद्यालयको लागि आगामी दिनहरुमा पनि रचनात्मक सहयोगको अपेक्षा गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया