मदानेका अध्यक्ष कुँवरद्वारा पीडितलाई ब्यक्तिगत २० हजार सहयोग



Live Gulmi


गुल्मी । मदानेका अध्यक्ष कुँवरद्वारा पीडितलाई ब्यक्तिगत २० हजार सहयोग गरिएको छ । जिल्लाकाे मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले गाउँपालिकाबाट पाउने सुविधा वापतकाे उक्त रकम पीडितलाई सहयोग गरेका हुन् ।

गाउँपालिकाकाे वडा नम्बर ७ भनभने भिरकटेरीका चेतनाथ पन्थीको गोठमा गत मंसिर २४ गते आगलागी भएको थियो । आगलागीबाट गोठ पूर्ण रुपमा क्षति हुनुका साथै चेतनाथ पन्थी र उनकी श्रीमती तिलकुमारी पन्थी आगोमा परी जलेर घाइते भएको थियो । पीडितकाे किर्तिपुर र बुटवलमा दुई महिना लामो उपचारपछि माघ २४ मा घर फर्किएका थिए ।

पीडितकाे स्वास्थ्य लाभको कामना गर्दै मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले गाउँपालिकाबाट प्राप्त हुने सुविधाबाट नेपाली कांग्रेसको खातामा जम्मा हुने रकमबाट पार्टी समितिको निर्णय अनुसार नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

गाउँपालिका अध्यक्ष कुँवरले आफूले गाउँपालिकाबाट पाउने सुविधाबाट पीडितलाई सहयोग गर्दै आएका छन् ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया