रुरुमा ६३ वटा कुकुरको बन्ध्याकरण



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले छाडा कुकुरको बन्ध्याकरण गरेको छ । सार्वजनिक स्थानमा रहेका छाडा कुकुरले टोकेर रेबीज संक्रमण फैलिन नदिन पालिकाले यस्तो निति अपनाएको हो ।

गाँउपालिकाको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण गरेको छ । पालिकाको बलेटक्सार र रुरु स्थित बजार क्षेत्रमा रहेका छाडा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

Jeewan and Rajan Tailors

बजार क्षेत्रमा छाडा कुकुरले टोकेर कैयौं मानिसहरु घाइते हुने क्रम बढि रहेको छ । सार्वजनिक स्थानमा रहेका कुकुरको संख्या बृद्धि हुदै गएपछि रेबीजÞ रोग नियन्त्रणको लागी कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

The Star Family Restaurant

पछिल्लो समय बजार क्षेत्रमा रहेका छाडा कुकुरले टोक्ने क्रम बढ्दै गएको छ । गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारणले रेबीज लागेर एक जना महिलाको ज्यान समेत गएको थियो ।

त्यस्तै गाई भैसीलाइ समेत कुकुरले टोक्ने क्रम बढेको थियो । बिशेश गरि जिल्लाका मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या धेरै रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया