गुल्मीमा सफल र सम्पन्नलाई दुई लाख जरिवाना



अनिल खत्री


गुल्मी । गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई दुई लाख जरिवाना तोकिएको छ । जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई छुट्टाछुट्टै एक÷एक लाख रुपैयाँ जरिवाना तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० बमोजिम प्रशासनले बारवाही गरेको गैरेले बताउनुभयो । प्रशासनले कारवाही गर्न मिल्ने क्षेत्र अधिकार भित्र रहेर अधिकत्तम कारवाही उक्त पसललाई गरेको हो ।

Jeewan and Rajan Tailors

१५ माघ २०८० मा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद पसल सिल गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

The Star Family Restaurant

छानबिन समितिले क्षेत्राधिकार भन्दा बाहिर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई प्रतिवेदन बुझाएका थिए । उक्त आयुर्वेदले आयुर्वेद औषधि मात्र बेच्न पाउने अनुमती पाएकोमा एलोप्येथिक औषधि बिक्री, बिरामीको एक्सरे सेवा तथा भर्ना गरेर समेत बिरामी हेर्ने गरेको पाइएको थियो ।

सफल र सम्पन्न आयुर्वेद श्रीमान् र श्रीमतीको नाममा दुईवटा संचालित भएका थिए । दुवै आयुर्वेद गैरकानुनी ढंगबाट रमेश अधिकारीले संचालन गरेका थिए ।

बैध पढेका अधिकारीले बिशेषज्ञ डाक्टरले दिने भन्दा बढी सेवा आयुर्वेद पसलको नाममा बिरामीलाई गलत रुपमा दिएका थिए । उहाँले रेसुंगा नगरपालिका वडा नम्बर ८ मा आयुर्वेद पसल र वडा नम्बर ९ मा ल्याब समेत संचालन गर्नुभएको थियो ।
आयुर्वेद पसल संचालक अधिकारी विभिन्न ठाउँका आठ वटा कोठामा उक्त पसल संचालन गरेका थिए । उहाँले एक्सरे तापिलो घाममा हेरेर बिरामीलाई परामर्श दिने र उपचार गर्ने गरेको समेत आरोप लागेको थियो ।

स्थानीयका अनुसार उहाँले एलोप्येथिक औषधिलाई धुलो बनाएर आयुर्वेदिक भनी बेचेर बिरामीको रोग निको गराउने गरेको आरोप लागेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले आयुर्वेद संचालकलाई दुई लाख जरिवाना गराएपछि आयुर्वेदिक पसल खोलेको छ ।
उहाँका अन्य कोठामा भने ताला लाग्नेछ । उहाँको ल्याब लगायत एलोप्येथिक औषधिका कोठामा भएको सिल यथावत् रहनेछ ।

गैर कानुनी रुपमा संचालित अन्य कुराहरु जिल्ला प्रशासन कार्यालयले थप कारबाही गर्नेछ । छानबिन समितिले बुझाएको प्रतिवेदन औषधि व्यवस्था विभाग र आयुर्वेद स्वास्थ्य बिभागमा पठाइने र त्यसपछि थप कारबाही हुने गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले हाललाई आयुर्वेद पसल मात्र खोल्ने र अन्य यथावत् राख्ने बताउनुभयो ।
जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो रहेको छ । उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ ।
पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला पारेर पटक–पटक सुझाब दिँदा समेत अटेर गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया