गुल्मीमा नि:शुल्क आँखा जाँच सेवाबाट तीन सय ६५ लाभान्वित



अनिल खत्री


गुल्मी । गुल्मीमा आँखा उपचारको निःशुल्क शिबिरमा करिब ४ सय जनाले सेवा लिएका छन् । जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मी र मदाने आँखा उपचार केन्द्रकाे आयोजना तथा मदाने गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा मदाने आँखा उपचार केन्द्र पूर्कोटदहमा २ दिनसम्म निःशुल्क शिबिर चलेको थियो ।
शिबिरमा शिविरमा ३ सय ६५ जनाको आँखा जाँच र ४२ जना बिरामीहरूको मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क गरिएको आँखा उपचार केन्द्रका बिरबहादुर कार्कीले बताए ।

शिविरमा विगत २ वर्ष देखि दुवै आँखा नदेख्ने २ जना लगायत सबै बिरामीहरुको शल्यक्रिया सफलता पूर्वक गरिएको थियो ।
शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा अनुसन्धान केन्द्र का बरिष्ठ नेत्ररोग विशेषज्ञ डा कृति जोशी र जिल्ला आँखा उपचार तथा सल्यक्रिया केन्द्रका प्राविधिकहरुको संयुक्त टिमको सहभागिता रहेको थियो ।

Jeewan and Rajan Tailors

जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टर तम्घास गुल्मीले जिल्ला सदरमुकामसँगै ग्रामीण वस्तीमा पुगेर शिबिर सञ्चालन गर्दै आएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया