रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जाेड्न सार्वजनिक यातायात चलाइने



Live Gulmi


गुल्मी । पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ ।

अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारी तीर्थस्थलसम्म र गुल्मी तम्घासबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारीसम्म नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले प्युठान झिमरुक गाउँपालिकाले पहल थालेको छ ।

Jeewan and Rajan Tailors

यसका लागि गाउँपालिकाले शुक्रबार छलफलका लागि बोलाएको छ । गाउँपालिकाले प्युठानको गौमुखी बस यातायात व्यवसायी प्रालि, अर्घाखाँचीको देउराली यातायात प्रालि र गुल्मीको गुल्मी यातायात प्रालिसँग समन्वय गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको हो ।

The Star Family Restaurant

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेल धार्मिक पर्यटनलाई भित्र्याउनकाे लागि यातायातमा सहज गराउन यसरी पहल थालिएको बताएका छन् । उनले यस कदमबाट तीन जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्यमा थप पर्यटक भित्रिने बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया