गुल्मीमा बाँदर र बँदेलले सताएको भन्दै काटियो रूख



अनिल खत्री


अनिल खत्री, गुल्मी । पछिल्लो समय ग्रामिण क्षेत्रमा देखिएको बढ्दो बसाईसराइ र जंगलका कारण बाँदर र बँदेलको आक्रान्तबाट किसान आजित बनेका छन् । जंगली जनाबरले निम्ताएको समस्या निवारण गर्न गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १ तम्घासले कुकाठ र झाडी फडानी गरेको हो ।

स्थानीयको निजि जग्गामा रहेका कुकाठ,बाँस, सल्ला, खरी लगायत झाडी फडानी गरि नागरिकलाई सहजता दिएको वडाकार्यालयले जनाएको छ । वडाकार्यालयले तम्घासको उदिनढुंगा स्थित आर्दश कोडिङ स्कुलदेखि तिनधारा हुँदै वडानम्बर २ को सिमानासम्मका रुखहरु काटेको हो ।

Jeewan and Rajan Tailors

यतिबेला सुनसन बन्दै गएको गाउँबस्ती कुकाठ र झाडीले भरिभराउ बनिरहेको छ । जसको कारण बाँदरले किसानलाई बाली संरक्षण गर्न सकस मात्रै परेको छैन् । यसको निवारण गर्न सरकारलाई समेत चुनौती देखिएको छ ।

The Star Family Restaurant

बाँदर र जंगली जनाबरले बाली जोगाउनमा नै समस्या देखिएको छ ।तम्घास बजार क्षेत्र नजिकैका नागरिक पनि बाँदर आतंकबाट आजीत बनेका छन् । यसमा नागरिकको गुनासो बढेसंगै कुकाठ र झाडी फडानी गरेको वडानम्बर १ का वडाअध्यक्ष रामप्रसाद पन्थीले बताए । घनाघोर झाडी अध्यारो बनेको गाउँ उज्यालो बनेको छ ।

स्थानीयको व्यापक गुनासोपछि गरिएका फडानीले आफूहरुलाई बाँदर नियन्त्रणमा केहि सहज भएको कृषकको शान्ता पन्थीले बताइन । उनले पहिले एक्लै हिडडुल समेत गर्न गाहे हुने गरेको ठाउमा झाँडी र कुकाठ काट्नाले सहज भएको बताइन् ।

कुकाठ र झाडीका कारण खेतबारी तथा घर रहेको अन्नबाली खाने र प्रायः दुख दिने गरेको गरेको कृषकको गुनासो छ । कुनै समय खेती गर्दै आएको जग्गा समेत बाँदरका कारण बाँझो राख्दै आएको कृषक स्थानीय उमाकान्त पन्थीले बताए ।

बाँदरको आतंकले कृषि बालीसँगै पकाएको खाना समेत खाने गरेकाले वडा कार्यालयलाई यसको नियनत्रण गर्न माग गरिदै आएको उनले बताए । नागरिक तहबाट व्यापक गुनासो आएपछि वडा कार्यालय र सर्वधारणको भेलाबाट झाडी फडानी गरिएको हो ।

गतबर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो । त्यसबाट कुनै राम्रो प्रतिफल नआएपछि यस आर्थिक बर्ष झाडी फडानी गरिएको वडाअध्यक्ष पन्थीले बताए ।

वडाभित्र रहेका कुकाठ काटने काम ६० प्रतिशत सकिएको वडाकार्यालले जनाएको छ । कुकाठ र झाडी फडानी गर्न वडा कार्यालय मार्फत ७० हजार विनियोजन गरिएको छ ।

फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसार लगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ । झाडीले ओगटेको ठाउँमा उत्पादन र प्रतिफल दिने खालका विरुवा रोपिने भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया