गुल्मीकी बिष्णुकुमारी सापकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित



Live Gulmi


गुल्मी । राष्ट्रिय सभा सदस्य पदमा गुल्मीकी बिष्णुकुमारी सापकोटा निर्वाचित भएकी छिन् । उनी सत्तारूढ गठबन्धनकाे तर्फदेखि लुम्बिनी प्रदेशबाट उम्मेदवार थिइन् ।

सापकोटाले ५४३५ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छिन् ।

Jeewan and Rajan Tailors

सापकोटा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य हुन् । उनी लामो समयदेखि गुल्मीकाे राजनीतिमा क्रियाशील थिइन् । उनी नेपाली काँग्रेस गुल्मीकी पुर्व सचिव समेत हुन् ।

The Star Family Restaurant

नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले राष्ट्रिय सभा सदस्यमा निर्वाचित सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया