गुल्मी । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गमा माइक प्रिशस उत्कृष्टता पुरस्कार समारोह कार्यक्रम सम्पन्न भएको छ । श्री अग्लुङ्ग माध्यमिक विद्यालयमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
समारोहको अवसरमा अन्तर्राष्ट्रिय महत्त्व बोकेको माइक प्रिशस उत्कृष्टता पुरस्कार वितरण गरिएको छ । शैक्षिक क्षेत्रमा प्रदान गरिने यो पुरस्कार मदाने गाउँपालिका १ मा रहेका ६ सामुदायिक विद्यालयका लागि वितरण गरिएको हो । गरिब, अशक्त, अपांगता तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
अग्लुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरु मनिषा चन्द, प्रेम भण्डारी र महेन्द्र केसी, रघुफेदी प्रतिमान निमा माध्यमिक विद्यालयबाट पुष्पा चन्द बोहोरा र शुशिला बोहोरा, ओख्लेदह आधारभुत विद्यालयबाट तुल्सा कुँवर र माधव विष्ट, बालविकास प्राथमिक विद्यालयबाट रञ्जिता बोहोरा र सपना राउत, घडेरी प्राथमिक विद्यालयबाट करिष्मा वि.क र सागर चन्द, जनज्योति प्राथमिक विद्यालयबाट विष्णु भण्डारी गरि १२ जनाले छात्रवृत्ति पुरस्कार स्वरुप जनही ३,०००/- राशी पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै समारोहको अवसरमा शिक्षक सेवा आयोगबाट नाम निकाली छात्रवृत्ति प्राप्त गरेका विद्यालयमा कार्यरत शिक्षकहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । अग्लुङ्ग माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरु पुष्प महर, नवराज जैशी, सन्दिप सर्मा, अमर पुन मगर र ऋतुराम थापा यस्तै ओख्लेदह आधारभुत विद्यालयमा कार्यरत शिक्षक दिल बहादुर चौधरी, बालबिकास प्राथमिक विद्यालयमा कार्यरत शिक्षक दुर्गा प्रसाद पोखरेल र जनज्योति प्राथमिक विद्यालयमा कार्यरत शिक्षक प्रेम कुमार चौधरी खादा, टीका तथा प्रशंसा पत्रद्वारा सम्मानित गरिएको छ ।
समारोहको अवसरमा बोल्दै प्रमुख अतिथि अग्निधर चन्दले गौमुखी विकास क्षेत्रका विषय एवं पुरस्कारका सम्बन्धमा विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले यस्तो शैक्षिक क्षेत्रमा परिवर्तन गर्ने खालको कार्यक्रम गरेकाले क्लब परिवारलाई धन्यवाद दिदै आगामी बर्षहरुमा पनि निरन्तरता दिने बताएका छन् । क्लबका अध्यक्ष विवश विष्टको सभाध्यक्ष रहेको समारोहमा गौमुखी विकास क्षेत्र प्रतिष्ठान एवं युनिसेनका सर्वोच्च पार्षद अग्निधर चन्दको प्रमुख आतिथ्यता तथा मदाने १ का वडा सदस्य भगत चन्दको विशिष्ट आतिथ्यता तथा क्लबका सल्लाहकार राजेन्द्र विष्ट, अग्लुङ्ग माविका प्रधानाध्यापक भबिलाल खत्री एव विव्यस अध्यक्ष गुमानसिंह चन्द, मदाने १ का वडा सचिव पशुपति चन्द लगायतको उपस्थित रहेको थियो ।
क्लबका उपाध्यक्ष इन्द्रजित विष्टको स्वागत मन्तव्य तथा क्लबका कार्यवाहक सचिव प्रमिला कुँवर र संस्थापक अध्यक्ष महेन्द्र जिसिको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । अवसर प्रदान तथा यस समारोहका लागि विशेष सहयोग गर्ने गौमुखी विकास क्षेत्र प्रतिष्ठान, पुरस्कार स्थापना गर्नुहुने तथा दाता सहयोगी डा. गौतम न्यौपाने र यस पुरस्कारलाई प्रायोजन तथा आर्थिक सहयोग गर्नुहुने माइक प्रिशसलाई क्लबले धन्यवाद ज्ञापन गरेको छ ।









