लोकतान्त्रिक जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीले फागुन २६ र २७ गते अधिवेशन गर्ने



अनिल खत्री


गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटीको फागुन २६ र २७ गते तम्घासमा प्रदेश अधिवेशन गर्ने भएका छन् । शनिवार लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटीको तम्घासमा बसेको सचिवालय बैठकल प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन सम्मान्न गर्न विभिन्न उपसमिति गठन गरिएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटी बालसिंह काउछाले बताए । अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधि व्यवस्थापन उपसमिति अमर सिंजापति, प्रतिवेदन लेखन, आर्थिक व्यवस्थापन समितिमा बालसिंह काउछालाई जिम्मा दिइएको छ ।

Jeewan and Rajan Tailors

त्यस्तै अतिथी सत्कार समितिमा शुशिला पुन, आवास, भोजन समितिमा बोम छन्तेल, सांस्कृतिक कार्यक्रम समितिमा शान्ता थाप, मंच, हल व्यवस्थापन समितिमा कमला पुन, प्रचार प्रसार समितिमा भुवन चौधरी रहेका छन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय उपाध्यक्ष रामवहादुर थाप वादल आउने कार्यक्रम समेत रहेको काउछाले बताए ।

The Star Family Restaurant

बैठकमा महासंध ईन्चार्ज तथा नेकपा एमाले पोलिट ब्यूरो सदस्य गोकूल घर्ति, एमाले केन्द्रीय सदस्य दिनेश पन्थी, प्रेस चौतारी नेपाल पूर्व केनिद्रय अध्यक्ष राजेन्द्र अर्याल, महासंध सचिव विवेक श्रेष्ठ, लुम्बिनी ईन्चार्ज प्रेम गुरुङ्ग लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया