एमाले गुल्मीद्वारा रुकुमपश्चिममा खटिने स्वयंसेवकलाई सम्मान



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । नेकपा एमाले गुल्मीले भुकम्पको बेला रुकुमपश्चिममा खटिएर पीडिकोमा काम गर्ने स्वयंसेवकलाई सम्मान गरेको छ । भुकम्पपछि गुल्मीबाट जिल्ला अध्यक्ष बालसिंह काउछाको नेतृत्वमा १५ जनाको टोली ६ मंसिरमा रुकुम पश्चिम पुगेका थिए ।

टोलीले १५ दिन भग्नावशेष हटाउने, टहरा निर्माण गर्ने र पीडितलाई मनोसामाजिक परामर्श दिने काम गरेर फर्किएको थियो । नेकपा एमालेका जिल्ला इन्चार्ज तथा सांसद सुर्य थापा र जिल्ला अध्यक्ष बालसिंह काउछाले गुल्मी जिल्ला प्रशिक्षणको सन्दर्भमा स्वयसेवकलाई सम्मान गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले बताए । जिल्लाका बिपद्का घटनाहरुमा अग्रस्थानमा स्वयमसेवक परिचालन गर्ने गरेको एमाले गुल्मीले रुकुम पश्चिमा पनि १५ दिन उत्कृष्ट काम गरेर फर्किएको थियो ।

Jeewan and Rajan Tailors

टोलीको नेतृत्व गरिरहेका अनेरास्वावियु लुम्बिनी प्रदेशका सह–सचिव शोभाखर गिरीले भुकम्प पीडित गोरे पुन, प्रेम पुन, पदमकला पुन, शेर बहादुर पुन, निर्मला पुन र पल्लबी पुन लगायतका २० परिवारको अस्थायी आवास निर्माण तथा भग्नावशेष हटाउने काम गरेको बताए ।

The Star Family Restaurant

त्यस्तै भुकम्पले क्षतिग्रस्त भेरीदोभान माविका बिद्यार्थीको लागि आठ वटा टहरा निर्माण गरेर बिद्यार्थीहरुलाई राख्न सफल भएको गिरीले जानकारी दिए । एमाले गुल्मीले ०७२ को भुकम्प, गुल्मी वडागाउँ दजाकोटको आगलागी र सत्यवति पहिरो लगायतका बिपदमा अस्थायी आवास निर्माण, राहत वितरण लगायतका काममा ठुलो सहयोग गर्ने गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया