गठबन्धन जनादेश र कर्म दुवैबाट असफल : एमाले महासचिव पोख्रेल



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छेपारोको संज्ञा दिदै रंग बदल्न मौसम नचाहिने बताए । उनले छेपारोलाई बरु रंग बदल्न मौषम चाहिने भएपनि प्रचण्डलाई नेपाली राजनीतिमा रंग बदल्न मौषम नचाहिने बताए ।

पोख्रेलले नेपाल एमालेको जिल्ला प्रशिक्षणलाई संबोधन गर्दै सरकारले मुलुकलाई अराजकता तर्फ लगेकोे बताउँदै गठबन्धन जनमत र कर्मबाट असफल भएको बताए । सरकारले मान्छेलाई गोली ठोक्ने र घटना सामान्यकरण विभिन्न प्रलोभज बाँड्ने काम भएको पुर्व मुख्यमन्त्री समेत रहेका पोख्रलले बताए । एमालेले निर्वाचनपछिनै जनादेश जनताको लागि भएन भनेर बताएकाले अहिले परिणाममा देख्दै आएको पोख्रेलले बताए ।

Jeewan and Rajan Tailors

उनले सरकारका गतिविधीका कारण देशमा राजनीतिक अस्थितरता र निराशासहितको अराजकता कायम रहेको बताए । राज्य र जनताको बिचमा समन्वय आवश्यक भएकाले अहिलेको गठबन्धन सरकारबाट कल्पना पनि गर्न नसकिने पोख्रेलले बताए । एमालेले निर्वाचनपछि नेपाली राजनीतिक इतिहासमा मिसनग्रास रुट अभियान मार्फत बस्तीस्तरमा पुगेर सवैभन्दा बढि ८ सय ५० रिर्पोट बनाएर पार्टीको केन्द्रिय कार्ययोजना बनाएको पोख्रेलले बताए ।

The Star Family Restaurant

त्यस्तै केहि समय अगाडी सम्पन्न गरिएको समृद्धिको संकल्प यात्राले नेपाली राजनीति र मुलुकलाई पश्चयगमन तर्फ मोडन खोज्ने प्रवृतिलाई ब्रेक लगाएको पोख्रेलले दाबी गरे । नेकपा एमाले गुल्मीले पार्टी प्रशिक्षणलाई पछिल्लो समय निकै जोड दिएको छ । तीन हप्ता गुल्मीका सवै पालिकाका १४ वटा बिषय नेता कार्यकर्ता प्रशिक्षण सकेको छ । अहिले फेरि जिल्ला स्तरिय प्रशिक्षणको आयोजना गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया