रेसुङ्गा क्षेत्रमा सरसफाइ जन्य सामाग्री वितरण



अनिल खत्री


अनिल खत्री, गुल्मी । गुल्मीको एक स्वास्थ्य संस्थाले धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा सरसफाइ जन्य सामाग्री वितरण गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको शुभलक्ष्मी फर्माले आफ्नो वार्षिक उत्सवको अवसरमा रेसुङ्गा क्षेत्रमा सरसफाइ जन्य सामाग्री वितरण गरिएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रेसुङ्गा पोखरीदेखि भ्यूटावर सम्मको पदैल मार्गमा सरसफाइ तथा फोहोर संकलन सामग्री रेसुङ्गा संरक्षण समितिलाई हस्तातरण गरेको थियो । रेसुङ्गा क्षेत्रको पोखरीदेखि यज्ञशाला मन्दीरमा पुग्ने पैदल मार्गका फोहोर संकलनको लागि डस्टविन वितरण गरिएको हो ।
त्यस्तै यज्ञशालासम्म पुग्ने पैदल मार्गमा बिच बिचकमा विश्राम गर्न ४ थान फलामको बेन्च र यज्ञशालाका पुजारी र गुरुहरुलाई हटवाटर ब्याग प्रदान गरिएको संस्थाका संस्थापक अध्यक्ष होमबहादुर पल्लीले बताउनुभयो । सरसरफाइ जन्य सामाग्रीहरु रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाललाई पल्लीले हस्तातरण गर्नुभएको थियो ।

Jeewan and Rajan Tailors

रेसुङ्गा क्षेत्रमा पछिल्लो समय अबलोकन कर्ता बढदै जाँदा फोहोर पनि बढदै गएकाले यसक्षेत्र सुन्दर सफा राख्ने उदेश्यले सरसफाइ रेसुङ्गा क्षेत्रमा सरसफाइ जन्य सामाग्री वितरणजन्य सामाग्रीहरु सहयोग गरिएको पल्लीले बताउनुभयो । त्रेता युगमा रेसुङ्गा क्षेत्रमा ऋष्यशृङ्गले तपस्या गरेका थिए ।

The Star Family Restaurant

अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी शृङ्गऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यशृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ ।

यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ । यहि मान्यताकार आधारमा रेसुङ्गा धार्मिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिदै आएको हो । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।
रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक पनि कालोपत्रे भएको छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । ऋष्यशृङ्गले तपस्या गरेको स्थानमा ब्रह्चारी तदर्थानन्दले काचो खाना मात्रै खाएर वषौंदेखि तपस्या गर्दै आएका छन् ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।
रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ । रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ ।
हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ । गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ । यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ ।

जिल्लाको प्रमुख नगर तम्घास रेसुङ्गाकै काखमा बसेको छ । रेसुङ्गा क्षेत्रमा प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरूले विशिष्ट छ । धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया