गाउँ पुग्यो फुटबलको सम्भावना



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । अर्जे माबिले फोर्टिन स्टार कपको उपाधी मात्रै उचालेको छैन । उपाधी र फुटबलको सम्भावना गाउँसम्म पनि पुराएको छ । समूह चरण, क्वाटर र सेमिफाइनलमा समेत गाउँका विद्यालयका खेलाडीले तम्घासका मै हु भन्ने बोर्डिङ स्कुल र सरकारी विद्यालयलाई ठुलो चुनौती दिएका थिए ।

सेमिफाइनलमा मालिका माबीलाई पन्छाएको महेन्द्रलाई अर्जे माबिले उछिनेर उपाधी चुम्यो । महेन्द्रका थुप्रै प्रहार सजिलै छोप्ने टिम कप्तान तथा गोल किपर अर्जुन बिश्वकर्माका अगाडि महेन्द्रको केही लागेन । सुरुबाटै ट्राइब्रेकरमा पुगेर खेल जित्ने अर्जुनको योजना सफल बन्यो । ट्राइब्रेकरमा घरेलु मैदानका कारण महेन्द्रलेनै जित्छ भन्ने धेरैको अड्कल थियो । तर, महेन्द्रका राम्रो खेल्ने खेलाडीले समेत हतोत्साहित प्रहार गर्दा बल बाहिरियो । भने केही सुट अर्जेका किपर अर्जुनको पन्जामा सजिलै परे । यो खेल, गाउँका विद्यालयको उपस्थिति र उपाधीले आगामी बर्ष सबैलाई ठुलो तयारीको पाठ दिएको छ ।

Jeewan and Rajan Tailors

त्यो बाहेक शहरमा मात्र सिमित फुटबलको सम्भावना गाउँमा पनि छ भन्ने सन्देश दिएको छ । मुख्य खेल मध्ये भलिबल गाउँमा राम्रो छ । त्यो केही समय अघि सत्यवतीले लगेका महिला पुरुषका भलिबलका उपाधीबाट सबैले जानेका छौ । त्यसबाहेक फुटबल र क्रीकेट बजार अर्थात शहरबाट टाढा पुग्न सकेको थिएन । अहिले बिस्तारै फुटबलको उर्जा र सम्भावना गाउँमा पनि देखिएको छ । स्थानीय सरकारले अध्यक्ष कपमा फुटबल र क्रीकेट गर्दैनन । क्लबहरु धेरैले पनि भलिबल मात्रनै आयोजना गर्छन् ।

The Star Family Restaurant

यद्यपि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा समेत फुटबल र क्रीकेट छैन । खेल निकै बिडम्बनापुर्ण अवस्थामा छ । न खेल मैदान, न खेलाडी प्रोत्साहन, न प्रशिक्षण । अझ खेल्दा लड्यो भने उपचारको लागि बाक्सा थाप्नुपर्ने । समूह चरणमा खेल मैदानमा घाइते मालिका माबिका महेन्द्र खत्री टाउको र चिउडोको अप्रेसन गर्ने अबस्थामा पुगेका छन । परिवारको आयस्रोत केही छैन । राज्यले केही हेर्दैन । स्थानीय नेता खेलाडीको भबिस्य भन्दा पार्टी हेरेर पक्षपात गर्छन । बिजय भएपछि फोटो खिच्न र बधाई ठोक्न आत्तिएका नेता महेन्द्रको उपचारमा पनि गम्भीर बन्नुपर्छ । क्लबले खेलाडी मृत्युको मात्र बिमा गरेको थियो । प्राथमिक उपचार र थप सहजीकरणको लागि दैनिक सहयोग संकलन गरिरहेको छ । खेल मैदानमा ढलेका खेलाडी उपचार अभावमा उठ्न पाएनन् भने अरु खेलाडीको मनोबलमा ठूलो चोट पर्ने छ ।

फोर्टिन स्टार युवा क्लवले १३ औँ बार्षिकोत्सवको अवसरमा संचालन गरेको जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटवल प्रतियोगिता निकै सानदार बनेको छ । एन्फाका रेफ्री र लामो समयको ब्याबस्थापन तथा विद्यालयको व्यापक उपस्थितिले खेल सफल बन्यो ।

तम्घासका फोर्टिन स्टार र पुल्चोकले खेल क्षेत्रको बिकासमा ठुलो योगदान दिएका छन । छरिएर होइन जुटेर तम्घासका सबै क्लबहरुको एउटा अझै उर्जावान क्लब निर्माण गर्ने सके शक्तिशाली सस्था र धेरै राम्रो सामाजिक कामहरू गर्ने सकिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया