नेेकपा एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गुल्मी आउँदै



Live Gulmi


अनिल खत्री, गुल्मी । नेकपा एमालेले अध्यक्ष केपाी शर्मा ओली मंसिर २० गते गुल्मी आउने भएका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत वैतडीको झुँलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको यात्राको कार्यक्रमको शिलसिलामा मंसिर २० गते मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने बिशाल सभामा सम्बोधन गर्न आउने भएका हुन् ।

आइतबार नेकपा एमाले गुल्मीले तम्घासमा तयारी र पार्टी गर्न लागेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिने उदेश्यले पत्रकार भेटघाट राखेको थियो । वामीटक्सारमा हुने कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहबाट एमाले पार्टीका नेता कार्यकर्ताको उत्साह पूर्ण सहभागिता हुने नेकपा एमाले गुल्मीका पार्टी अध्यक्ष बालसिंह काउछाले बताए ।

Jeewan and Rajan Tailors

बिशाल सभाको तयारी स्वरुप सबै पालिकाहरुमा नेता कार्यकर्ताहरुलाई उपस्थित हुनका निम्ति निमन्त्रण गर्नेदेखि आमसभा हुने स्थानको तयारीमा पार्टी लागेको उनले बताए ।
केन्द्रिय अध्यक्ष ओली सहितका नेताहरुले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष काउछाले जानकारी दिए । सो सभामा १० हजार बढी अगुवा नेता कार्यकर्ता उतार्ने गरी एमालेले तयारी गरेको काउछाले बताए ।

The Star Family Restaurant

पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताएका छन् । थापाले मंसिर १४ गतेदेखी एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा सहित मध्यपहाडि राजमार्ग यात्राले पार्टीमा र जनतामा थप उत्साह पैदा भएको उनको बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया