गुल्मीदरबार गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु



Live Gulmi


नवीन कार्की, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ । गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम आयोजना गरि सुरुवात गरिएको हो ।

लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मूल नारा सहित सुरुवात गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र देखेमा प्रतिकार गर्छु आवाज उठाउँछु, भन्ने प्रतिबद्धताका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको जानकारी दिए ।

Jeewan and Rajan Tailors

९ गतेदेखि सुरु भएको अभियान मङ्सिर २४ गतेसम्म संचालन हुने अध्यक्ष थापाले जानकारी दिए । अभियानको शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी , गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानको प्रशिक्षण रहेको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया