सुतपहरे बुढाथोकीको बंशावली पुस्तक लोकार्पण तथा कुल मन्दिर उद्घाटन



Live Gulmi


काैरव खत्री, बागलुङ । बागलुङको गलकोटमा रहेका सुतपहरे बुढाथोकी मगरहरुको बंशावली पुस्तक लोकार्पण तथा कुल मन्दिरको उद्घाटन गरिएको छ ।
गलकोट नगरपालिका वडा नं.-८ धैरेनी विर्कोट काँडेवास स्थित रहेका सुतपहरे बुढाथोकी मगरहरुको बंशावली लोकार्पण तथा कुलथान मन्दिरको साेमबार उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री चन्द्र बहादुर बुढामगरले सुतपहरे बुढाथोकीहरुको ईतिहास लेखन थालेकोमा धन्यवाद दिदै उहाँले यस्ता सम्पदा संरक्षण र निरन्तरताका लागि आग्रह समेत गर्नुभयो । त्यस्तै बुढा मगरले वंशावली बारेको ईतिहास जातीय पहिचान रहेकोले भावी सन्ततीका लागि मार्गनिर्देश गर्ने उहाँको भनाई थियो ।
साथै बुढा मगरले आयातित संस्कृतीले मौलिक सभ्यता र संस्कृति लोपोन्मुख हुन थालेको भन्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा सुतपहरे बुढाथोकी मगर गुठीका कोषाध्यक्ष तेजिन्द्र बहादुर बुढाथोकीले सुतपहरे बुढाथोकी मगरको इतिहास र बंशावलीको बारेमा जानकारी दिनुभएको थियो ।
साथै कार्यक्रमकाे अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्याम पुन मगर र संस्कृति संरक्षण मञ्चका अध्यक्ष पदम सलामीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कुल मन्दिरको लागि जग्गा प्रदान गर्नुहुने जग्गादाता मन कुमारी बुढाथोकी र बुढाथोकीका जेष्ठ सदस्य मन कुमारी बुढाथोकी लगायतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै कुल मन्दिर निर्माणकर्ता समाजसेवी हिरा विकलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियोे ।
कार्यक्रमकाे अवसरमा जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूलाई मायाको चिनोले सम्मान गरिएको थियोे ।
कार्यक्रममा गलकोट नगरपालिका वडा न. -८ का वडा अध्यक्ष तेजप्रसाद सापकोटा, वडा न. ९ का वडा अध्यक्ष तेज बहादुर थापा, पुर्व वडा अध्यक्ष रामप्रसाद कंडेल,गलकोट नगरपालिका वडा न.९ वडा सदस्य नारायण सापकोटा, गलकोट समाज यूकेका संस्थापक अध्यक्ष रेशम बुढाथोकी, मगर संघ हङकङका अध्यक्ष यम बहादुर बुढाथोकी, गलकोट समाज जापान टोकियोका कोषाध्यक्ष गोम बहादुर बुढाथोकी लगायत समाजसेवी, सञ्चारकर्मी समेत उपस्थिति रहेको थियोे ।
झन्डै ३०० बर्ष अगाडि बागलुङ गलकोट नगरपालिका वडा न.८ बिर्कोटमा बसाइँसराइ गरेर आएका जयसिंह बुढामगरका सन्तान काडेवास र बिर्कोटमा बसोवास गर्दै आइरहेको सुतपहरे बुढाथोकी दाजुभाइ ३३ घरपरिवार रहेको सुपहरे बुढाथोकी मगर गुठी समितिका कोषाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
कुल मन्दिर उद्घाटन सुतपहरे बुढाथोकी मगर गुठीका अध्यक्ष मेजर तुल बहादुर बुढाथोकीको अध्यक्षता तथा गुठीका उपाध्यक्ष रेशम बुढाथोकीको स्वागत मन्तव्यसंगै सुरू भएको कार्यक्रमको सञ्चालन भने सुतपहरे बुढाथोकी मगर गुठीका जनसम्पर्क तथा सञ्चार संयोजक डिल बहादुर बुढाथोकीले गर्नु भएको थियोे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया