अज्ञात श्रीमान् ज्यू !



Live Gulmi


प्रिय हुनेवाला अज्ञात श्रीमान् ज्यू ! खै के भनेर सम्बोधन गरौं ! मायालु भनौं त मायारुपी शब्दहरू नै छैनन । प्रियसी भनौं जीवनको दुई दशक बितिसक्दा पनि तपाईकाे प्रिय हुन सकेको छैन । श्रीमान भनौं त स्वयम्बरकाे मालाहरू बनेका छैनन् । अहिलेसम्म हामी दुई अञ्जान नै छौं ।

कहाँ हुनुहुन्छ ? कस्ताे हुनुहुन्छ ? कस्तो छ आनीबानी ? केही पनि थाहा नै छैन् । तर, यति थाहा छ की तपाई एक असल व्यक्ति हुनुहनुन्छ । हुन त तपाई रङ्गिन दुनियाँमा रमाउँदै मलाई याद गर्न भुल्नु हुुन्छ हाेला ।

Jeewan and Rajan Tailors

तपाईंलाई आज म पहिलोपटक तिमी भनेर सम्बोधन गर्दैछु । तपाईं कहिलेबाट मलाई जान्नुहुन्छ ? थाहा छैन ! कहिलेबाट चिन्नुहुन्छ ? त्यो पनि थाहा छैन् । कहिलेबाट माया गर्नुहुन्छ त्यो जान्दिनँ । तर, तपाईं अञ्जान भए पनि एक असल पात्र अनि सुन्दर हुनुहुन्छ । त्यसैले पहिलोपटक पत्र लेख्दैछु ।

The Star Family Restaurant

सबैले भन्ने गर्छन् । अब त बेला भइसक्यो । कोही त आउनुपर्ने जिन्दगीमा खाली ठाउँ भर्नलाई ! हरेक कुराको समय आउँछ भन्छन् नि ! हो, त्यही समयको प्रतीक्षामा बसेकी छु भनेर टारिदिन्छु । प्रिय अज्ञात श्रीमान, ज्यू ! कहिलेकाहीँ आफैं कल्पना गर्छु । कल्पनाभित्र नै कुवामा भ्यागुतोले डुबुल्की हाने झैं डुब्छु अनि फेरि त्यही कल्पनामा नै रमाउँछु ।

खै ! कसरी भनौं वा कहाँबाट सुरु गरौं । तपाईंलाई लजालु खालकी सोझी, इमान्दार, जान्ने बुझ्ने श्रीमती चाहिएको होला ! तर, म लजालु छैन् । इमान्दार भने अवश्य छु । बढी व्याख्या गरें भने फेरि गफ लगायो भन्नु होला । पढेलेखेकी छु, धेरै जान्नी भने छैन् । तर, समयले सिकाएका कुराहरू राम्ररी बुझ्छु, बुझ्दै छु । सबैसँग खुलेर बोल्ने गर्छु, फेरि अन्यथा नसोच्नु नि !

तपाईं आएपछि हल्का लजालु स्वभावको बन्छु नि, हुन्न ? यो दिन भनेर त म तोक्न सक्दिनँ । तर, तपाईंलाई पहिलोपटक ठूलो मानिसको भिडमा देख्नेछु, आखिर कैयौं परिचित अपरिचित मानिसको भिडमा तपाईंलाई हेर्न पुग्नेछु ।

तपाईं सुन्दर, सबै कुरामा भरिपूर्ण हुनुपर्छ भन्दिनँ । तर, जिम्मेवार व्यक्ति भने हुनुपर्छ । सधैं श्रिमान् को नजरले मलाई हेर्नुपर्छ पनि भन्दिनँ, साथीको नजरले हेरिदिए पनि पुग्छ । मलाई थाहा छ तपाइ पनि प्रेम सम्बन्धबाट थाकिसकेकाे हुनुहुनेछ । सजिलै मलाई विश्वास गर्नु भन्दिनँ । तर, यति प्रेम र साथ दिन्छु की तपाईं मलाई अवश्य विश्वास गर्नुहुनेछ ।

ढाँटेको हैन, साँच्चै तपाईंको बोलीवचन र व्यवहार राम्रो भए पुग्छ । तपाईंलाई महङ्गो दाइजाे दिन त सक्दिनँ । सुनैसुनले ढाक्न पनि सक्दिनँ । तर, यो शरीरमा मेरो आत्मा रहुन्जेल तपाईलाई साथ दिन्छु ।

म अरू केटी जस्ताे सबै चिज चाहिन्छ भनेर मरिहत्ते पनि गर्ने छैन् । जे छ त्यसैमा सन्तुष्ट हुनेछु । तपाईंको सुखमा मात्र नभएर हेरक क्षणमा तपाईंको साथमा रहेर तपाईंको दु:खसुख महशुस गर्नेछु ।

तपाईंको इज्जत प्रतिष्ठा मा आँच आउने खालका काम नगरी बरू मेराे परिचय बाट हजुरलाइ चिनाउने तरिकाले अगाडि बढ्नेछु ।

यो पढ्दै गर्दा तपाईं मेरो पत्रलाई स्वीकार गर्नुपर्छ भन्ने छैन् । तपाईं एक खुल्ला आकाशमा उडेकाे चरी हो । तपाईंलाई पिँजडामा राख्नुपर्छ भन्ने मेरो धारण छैन् । मेरो हुनुपर्छ, मेरो बाहेक अरु कसैको हुन पाउनुहुन्न भन्नु पनि छैन् । यदि तपाईं मलाई चाहानुहुन्छ, माया गर्नुहुन्छ र म तपाईंको बन्न लायक छु भने म बुझ्नेछु ।

✍️ प्रियंका पन्थी (लेखक पन्थी गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्छिन् ।)

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया