काैरव खत्री, बागलुङ । बागलुङको गलकोटमा रहेका सुतपहरे बुढाथोकी मगरहरुको बंशावली विमोचन तथा कुलथान मन्दिरको उद्घाटन भाेलि अर्थात साेमबार गरिने भएकाे छ ।
गलकोट नगरपालिका वडा नं. ८ धैरेनी विर्कोट काँडेवास स्थित रहेकाे सुतपहरे बुढाथोकी मगरहरुको बंशावली पुस्तक विमोचन तथा कुलथान मन्दिरको उद्घाटन भने भाेलि अर्थात मंसिर ११ गतेे साेमबारका दिन गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री चन्द्र बहादुर बुढामगर सागरले गर्नुहुने सुतपहरे बुढाथोकी गलकाेट नगरपालिका ८ बिर्कोट काडेवास सुतपहरे बुढाथोकी मगर गुठी समितिका उपाध्यक्ष रेशम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
साथै सुतपहरे बुढाथोकीहरुको नवनिर्मित कुलथान मन्दिरकाे उद्घाटनसंगै सुतपहरे बुढाथोकीको बंशावलीकाे पुस्तक विमाेचन,जग्गादाता तथा जेष्ठ कुल सदस्य सम्मानकाे कार्यक्रम रहेकाे सुतपहरे बुढाथोकी मगर गुठी समितिका काेषाध्यक्ष तेजिन्द्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
झन्डै ३०० बर्ष अगाडि बागलुङ गलकाेट नगरपालिका वडा न.८ बिर्कोटमा बसाइँसराइ गरेर आएका जयसिंह बुढामगरका सन्तान काडेवास र बिर्कोटमा बसाेवास गर्दै आइरहेकाे सुतपहरे बुढाथोकी दाजुभाइ ३३ घरपरिवार रहेकाे सुतपहरे बुढाथोकी मगर गुठी समितिका काेषाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।