सागर कार्की, रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरु रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा रहेका छापहिलेसँग आबद्ध व्यक्तिहरूबीच समन्वय, सहकार्य एबम् सहयोग गर्ने उद्देश्यले वि. सं. २०७२ मा अंकित गिरीकाे नेत्तृत्वमा कार्यसमिति गठन गरिएको थियो । त्यसयता प्रकाश कार्की र शिवलाल गिरी हुँदै केशव भण्डारीसम्म आइपुगेको छ ।
यस संस्थाले विगतदेखि तीज मिलान तथा खाने खाने, दशैं तिहार शुभकामना आदानप्रदान, मौलिक देउसी भैलो र मर्दा पर्दा सहभागी हुने लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यस वर्ष पनि संस्थाले मौलिक रूपमा गाउँघरको झल्को दिने गरी देउसी भैलो खेल्ने कार्यक्रम आयोजना गरिएको सम्पर्क समाजका अध्यक्ष केशव भण्डारीले बताए । देउसी भैलोको नाउँमा हुने आयातित नाचगानलाई निरुत्साहित गर्दै संस्कृति र परम्पराको संरक्षणमा सबैले हातेमालो गर्न संस्थाले आग्रह गरेको छ । मादल बजाउँदै स्त्री पुरुषकाे भेषमा देउसी गीत गाउँदै अगाडि पछाडि गर्दै नाच्ने अनि भटाउँदै देउसी भैलो खेल्ने प्रचलन रहिआएको छ ।
यसरी मौलिक रूपमा खेलिने देउसी भैलोले मौलिकता जोगाउनका साथै नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न सकिने बुझाई अग्रजहरूको छ । देउसी भैलो खेल्न इच्छुक व्यक्तिहरू कार्तिक २५ गते साँझ ४:३० बजे बुटवल बसपार्कमा जम्मा हुन तथा ड्राइभर टोल र शंकरनगर मणिग्राम नयामील आसपासका सम्पूर्ण बुबाआमा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछौँ । कार्तिक २३ गते साँझ ४:०० बजे बसेको कार्यसमिति बैठकमा अध्यक्ष केशव भण्डारी, वरिष्ठ उपाध्यक्ष लोकेश गिरी, उपाध्यक्ष कमला गिरी, सचिव सागर कार्की, कोषाध्यक्ष दीपा जिसी, सदस्य चन्द्र प्रकाश गिरी, डायमण्ड गिरी, भागीरथ गिरी, सल्लाहकार प्रकाश कार्की, सल्लाहकार कृष्ण बहादुर कार्की, लाल बहादुर जिसी, अर्जुन गिरी लगाएतको उपस्थिति रहेको थियो । उक्त अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभ दीपावली २०८० काे पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एबम् उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको दीपा जिसीले बताउनुभयो ।
यस गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीलाई सहयोग गर्नुहुने सम्पूर्णमा आभार प्रकट गर्दै आगामी दिनमा पनि थप सहयोगको लागि आग्रह समेत गरिएको छ । साथै कार्तिक २५, २६, २७ र २८ गते बेलबास, मुर्गिया, बनगाई, सालझण्डी, रामापुर, ड्राइभर टोल, नयाँगाउँ, नयामील, मणिग्राम लगायतका भिभिन्न स्थानमा देउसी भैलो खेल्न तथा हेर्न सकिनेछ ।