गुल्मीमा प्रथम मदन भण्डारी ब्याटमिन्टन प्रतियोगिता सुरु



Live Gulmi


टाेपलाल अर्याल, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेपालमा खेल पुर्वाधारमा कम्जोर हुँदा पनि खेलाडीको उत्कृष्ट प्रदर्शनको प्रसंशा गरे । अझै धेरै संरचनाको आवश्यकता रहेका बेला निर्माणाधिन खेलमैदान अलपत्र पर्नु दु:खद रहेको बताउँदै ज्ञवालीले स्थानीय स्तरबाटै प्रतिभा पहिचान, प्रशिक्षित गर्ने र अबसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रथम मदन भण्डारी ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै ज्ञवालीले मदन भण्डारीको योगदान र एकेडेमीको औचित्यका बारेमा आफ्नो भनाइ राखेका थिए । प्रतियोगितामा ५२ समूह सहभागी छन । भेट्रान, सुपर भेट्रान,खुल्ला, महिलापुरुष १६ण बर्षभन्दा कम उमेर समुहको विद्यामा प्रतिस्पर्धा हुने एकेडेमीमा उपाध्यक्ष माधब बिष्टले जानकारी दिए ।

Jeewan and Rajan Tailors

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेहरुले खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः ३० हजार, २५ हजार, २५ हजार, १५ हजार र १५ हजार पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै द्वितीय स्थान प्राप्त गर्ने खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः २० हजार, २० हजार, २० हजार, १० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन ।

The Star Family Restaurant

तृतीय स्थान प्राप्त गर्नेले खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः १० हजार, १५ हजार, १० हजार, ५ हजार र ५ हजार पुरस्कार प्राप्त मदन भण्डारी स्पोर्ट्स एकेडेमी गुल्मीमा उपाध्यक्ष बिष्टले बताए। कार्यक्रममा एकेडेमीका संरक्षक बालसिह काउछाले जिल्लाको खेलकुदको अवस्था र एकेडेमीको बारेमा बताएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया