सबै फिर्ता लैजानु हुँदैन (गजल)



Live Gulmi


पख न हतारमा सबै फिर्ता लैजानु हुँदैन
महिनाैँ नकुरी त मुठ्ठी पनि मानु हुँदैन

पैसालाई सबथोक मान्छ यो समाज
प्रगतिलाई यति सानो सम्झनु हुँदैन

Jeewan and Rajan Tailors

सङ्घर्षकाे सिढीमा पाइला पाइला चढ्नुछ
एकै पटकमा काेही देवकोटा र भानु हुँदैन

सफलताको बाटो हाेला बहाब पनि हाेला
हतार हतारमा पल्लो तिर चाहानु हुँदैन

धैर्य गरेर बस कटाइदेउ केेही भारिहरू
हतारमा बाघले घाँस पनि त खानु हुँद‌ैन

✍️सम्झना गिरी (लेखक गिरी रेसुङ्गा बहुमुखी क्याम्पसकी स्ववियु सदस्य हुन्।) 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया