भलिबल कप २०८० : पार गुल्मीको सानदार प्रर्दशन, महिला पुरुष भलिबलको उपाधि सत्यवतीको कब्जामा



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । प्रथम भलिबल कप २०८० मा पार गुल्मी भनेर चिनिने सत्यवती र कालिगण्डकी गाउँपालिकाका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका छन् । निर्वाचन क्षेत्रका हिसावले भलिबलमा क्षेत्र नं २ कमजोर देखिएको छ ।

पुरुष तर्फको तृतिय पुरस्कार मुसिकोटले सान्त्वना मात्रै पायो । त्यो बाहेक क्षेत्र नं २ ले महिला पुरुषका सवै अवसर गुमायो । क्षेत्र नं १ तर्फ गुल्मी दरवारले महिला तर्फको तृतिय र रुरुले सान्त्वनामा चित्त बुझाएर प्रमुख अवसर बडिगाड र कालिपारका पठाउनुको विकल्प देखिएन ।

Jeewan and Rajan Tailors

महिला तथा पुरुष तर्फका दुवै उपाधी सत्यवति गाउँपालिकाको पोल्टामा परेका छन् । यो बिरलै प्राप्त हुने अवसर हो । उपाधीसंगै सत्यवतिले खेल क्षेत्रमा राम्रो संभावना देखाएको छ । १५ कार्तिकबाट जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरिय भलिवल प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा सत्यवति गाउँपालिकाका महिला र पुरुषतर्फका खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधी हात पारेका हुन् । पुरुष तर्फ सत्यवति गाउँपालिका र छिमेकी कालिगण्डकी गाउँपालिकाबिच प्रतिस्प्रर्धा भएको थियो ।

शनिबार कालिगण्डकी गाउँपालिकालाई पराजित गर्दै सत्यवतीले पुरुषतर्फ ७७ हजार ७ सय ७७ र महिलातर्फ ३५ हजार राशिको पुरस्कार प्राप्त गरेको थियो । द्धितिय उपबिजेता कालिगण्डकी गाउँपालिकाले ५५ हजार ५५५ राशिको उपाधी जितेको छ । बेष्ट अफ फाइभको सोझो तीन सेट सत्यवतिले जितेको थियो । त्यसैगरी चन्द्रकोट गाउँपालिका तृतिय र मुसिकोट नगरपालिका सान्त्वना भएका छन् ।

महिलातर्फको फाइनल खेलमा पनि सत्यवतीले कालिगण्डकीलाई पराजित गर्दै ३५ हजार राशिको उपाधी जितेको छ । उपबिजेता कालिगण्डकीले २५ हजार राशिको पुरस्कार प्राप्त गरेको भलिबलसंघ गुल्मीले जनाएको छ । सत्यवति र कालिगण्डकीबिचको महिला तर्फको प्रतिस्प्रर्धा पुरुषकोभन्दा रोचक बनेको थियो । त्यसैगरी प्रतियोगीतामा रुरु क्षेत्र गाउँपालिकालाई पराजित गरेर गुल्मीदरवार गाउँपालिका तृतिय भएको छ । भने रुरु क्षेत्र गाउँपालिका सान्त्वना भएको खेल संयोजक सन्तोष पुनले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ तृतिय हुने चन्द्रकोटलाई ३३ हजार ३ सय ३३ र सान्त्वना हुने मुसिकोटलाई ११ हजार १ सय ११ प्रदान गरिएको छ ।

महिला भलिबलतर्फ तृतिय हुने गुल्मीदरबारलाई १५ हजार र सान्त्वना हुने रुरुक्षेत्रलाई १० हजार प्रदान गरिएको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । पुरुष र महिला दुवैतर्फ प्रथम र द्धितिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । भने तृतिय र सान्त्वना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको महासचिव आचार्यले जानकारी दिए ।

जिल्ला भलिवल संघले जिल्लाको भलिवल खेलको विकासमा योगदान गरेका अग्रज खेलाडीहरु छवि खरेल, नवराज श्रेष्ठ, कृष्ण थापा, हरि प्रसाद पाण्डेय, कालसिंह काउछा, गोविन्द कुवंर र सुर्य बहादुर मिदुनलाई पनि सम्मान गरेको छ । त्यस्तै नवौ राष्ट्रिय लुम्बिनी प्रदेश स्तरिय भलिवलमा प्रथम हुने दिपेन्द्र श्रेष्ठ, हेमन राना, मौसम कुवंर,, कमल श्रेष्ठ, चिरन्जीवि खड्का, बिनोद विक, वविन थापा, डोल बहादुर थापा, राजन विक, विश्वास सुनार र कोच मनोज गुरुङ्गलाई पनि १० संघले सम्मान गरेको महासचिव आचार्यले बताए ।

भलिवल संघले प्रतियोगीता निकै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । भलिवल खेलको साखलाई जिवित राख्न र राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुराउन प्रतियोगीता आयोजना गरिएको भलिवल संघ गुल्मीका अध्यक्ष राजन कुवंरले बताए । उनले प्रतियोगीताको निरन्तरतासंगै पालिका स्तरमा संघ बिस्तारको काम गर्ने योजना रहेको समेत बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया