गुल्मीको इस्मामा खुल्ला पुरुष फुटबल प्रतियोगिता : १० टिमको सहभागिता



Live Gulmi


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ काे छल्दीमा हिजाे १४ गतेदेखि खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भएको छ । छल्दि स्पाेर्टस क्लवकाे प्रथम वार्षिकोत्सबकाे अवसरमा खेलकाे आयोजना गरिएको हाे ।

खेल १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने साेहि क्लबका अध्यक्ष बिष्णु प्रसाद खनालले बताए । उनले खेलमा जिल्ला भरिबाट १० टिम सहभागी भएको बताएका छन् ।

Jeewan and Rajan Tailors

क्लबको वार्षिकोत्सब सभामा बाेल्दै कार्यक्रमकि प्रमुख अतिथि इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले खेलकुद, र खेलाडी रास्ट्रका गहना भएको र यी खेलकुद र खेलाडिकाे संरक्षण र संब्रदन गर्ने क्लब पनि लागेको भन्दै क्लबलाई धन्यवाद दिइन । उनले इस्मा गाउँपालिकाले खेल क्षेत्रकाे बिकासका निमित्त बजेट र कार्यक्रमहरु लिएको जानकारी दिइन् ।

The Star Family Restaurant

खुल्ला फुटबल प्रतियोगितामा प्रथम हुनेले ३० हजार मेडल र प्रमाणपत्र जित्ने छन् भने सेकेन्ड हुनेले २० हजार मेडल र प्रमाणपत्र जित्ने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया