इस्माली समाजद्धारा बिद्यार्थी र युवा उद्यमी सम्मान



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । इस्माली समाज काठमाण्डौको आयोजनामा छात्रवृति वितरण गरिएको छ । स्वर्गीय प्रेमनाथ र विकास अर्याल स्मृति कोषको सहयोगमा समाजले हरेक बर्ष विभिन्न तहमा उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीहरुलाई छात्रवृति वितरण गर्दै आएको छ ।

बिजयादशमी तथा शुभदिपावलीको अवसरमा समाजले छात्रवृति वितरण तथा शुभकामना आदान–प्रदान गरेको हो ।

Jeewan and Rajan Tailors

सम्मानित कक्षा–८ र १० का बिद्यार्थी

The Star Family Restaurant

समाजले इस्मा गाउँपालिका भित्रका बिभिन्न बिद्यालयको कक्षा ८ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने जेहेन्दार बिद्यार्थीहरु इस्मा गाउँपालिका–४ को रामराज्य माविका किस्मत घर्ति, देविस्थान आधारभुत बिद्यालय बिनोद लम्साल, वडा नं २ को जनज्योति आधारभुत बिद्यालयका साहारा नेपाली, देविस्थान मावि इस्मा २ का सागर कुवंर र हिमालय मावि इस्मा १ का कोशिस विश्वकर्मालाई सम्मान गरेको हो ।

त्यस्तै ओम प्रसाद गौतम मावि इस्मा ६ का सुरज कार्की, सुन्तला आधारभुत मावि इस्मा ३ मा अध्ययनरत आरजु सार्की, ठाढुङ्गा मावि इस्मा ३ का आशिष नेपाली, पालुखा मावि इस्मा २ का आश्रिया पोख्रेल, आनन्दपुर मावि इस्मा ५ का करुण बिष्ट, चन्द्र निमावि इस्मा ४ का बिक्रम थापा, कालिका निमाविका जीवन खत्री र देउराली निमाविका शालिकराम विकलाई सम्मान गरिएको छ । सरस्वती आभारभुत बिद्यालय इस्मा ६ का सृजना लम्साल, कुमारी आधारभुत बिद्यालय इस्मा ५ का युवराज कुमाललाई सम्मान गरिएको इस्माली समाज काण्माण्डौका सचीव महेन्द्र बस्नेतले जानकारी दिए ।

त्यस्तै कक्षा १० मा उत्कृष्ट जिपिए ल्याउने रामराज्य मावि इस्मा ४ की अप्सरा बस्नेत, देविस्थान मावि इस्मा २ का राजेन्द्र खत्री, हिमालय माविका इस्मा १ का सरस्वती कुवंर, रचना पाण्डेय, अस्मिता कुवंर, ओमप्रसाद गौतम मावि इस्मा ६ का बुद्धि नेपाली, ठाढुङ्गा मावि इस्मा ३ का आशिष सापकोटा, पालुखा मावि इस्मा २ का सृजना बोहोरा र आनन्दपुर मावि इस्मा ५ की प्रजिना ज्ञवालीलाई सम्मान गरिएको समाजका सचीव बस्नेतले बताए । उनले जना बिद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद तथा प्रमाण–पत्रद्धारा सम्मान गरिएको हो । कार्यक्रममा इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले बिद्यार्थीलाई नगद तथा सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

युवा उद्यमीलाई सम्मान

इस्माली समाज काठमाण्डौले अहिले बिद्यार्थी बाहेक युवा उद्यमीहरुलाई पनि सम्मान गरेको छ । पछिल्लो समय व्यावसायीक घाँस र फुलखेती गरेर देशभर चर्चा कमाएका इस्मा गाउँपालिका ३ का युवा उद्यमी गोकर्ण नेपालीलाई सम्मान गरेको हो । गाउँमा बसाइसराई बढ्दै गएको अवस्थामा स्वदेशमै कृषि क्षेत्रमा आशा र उर्जा प्रदान गर्ने युवा नेपालीलाई प्रोत्साहन स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको इस्माली समाज काठमाण्डौका उपाध्यक्ष गोपीराज पराजुलीले जानकारी दिए ।

शोधपत्र हस्तान्तरण

इस्माली समाज काठमाण्डौले आयोजना गरेको छात्रबृति वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्कालाई शोधपत्र हस्तान्त्रण गरिएको छ । त्रिभुवन बिश्व बिद्यालयका उपप्रध्यापक अर्जुनध्वज अर्यालले महिला मताधिकारको प्रयोग र हालको अवस्थाको बारेमा गरेको अनुसन्धानमुलक शोधपत्र पालिका प्रमुख खड्कालाई सुझावको रुपमा प्रदान गरेका हुन ।

वक्ताद्धारा समाजको प्रशंसा

इस्माली समाज काठमाण्डौले आयोजना गरेको छात्रबृति वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी भगतसिंह खड्काले गाउँपालिकाको शिक्षा क्षेत्रमा समाजले पुराएको उल्लेख्नीय कामको प्रसंसा गरे । उनले कर्मका हिसाबले जिल्ला बाहिर हुँदा पनि आफ्नो मातृभुमिप्रति समाजले देखाएको रचनात्मक कामले बिद्यार्थी र अभिभावसहित आफुहरुलाई समेत उर्जा प्राप्त भएको बताए । सोहि अवसरमा इस्मा गाउँपालिका ३ का वडाध्यक्ष ज्योतिराज कुवंर, एमाले इस्मा गाउँकमिटी अध्यक्ष राजेन्द्र विक्रम कुवर, कांग्रेसका बैकुण्ठ बहादुर कुवंर, परिवारको तर्फबाट गुणाखर अर्याल लगायतले आफ्नो भनाई राखेका थिए । बोल्ने सवै बक्ताहरुले लामो समयदेखि इस्माली समाजले इस्मा क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिका निकै प्रसंसनीय रहेको बताएका थिए ।

कार्यक्रम समाजका अध्यक्ष गोकर्ण खरेलको अध्यक्षता र समाजका उपाध्यक्ष गोपीराज पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया