मेलवर्न ज्ञान महायज्ञकाे दुई दिनमै ५० लाख सहयोग संकलन



Live Gulmi


काैरव खत्री,गुल्मी। अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्रको आयोजनामा हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा आयोजना गरिएको बृहत नवाह ज्ञान महायज्ञ सप्ताहबाट दुई दिनमै ५० लाख सहयोग उठेको छ ।

“गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भैइ जुटौँ” भन्ने मुल नारा सहित असाेज २८ गतेबाट सुरु भएको नवाह ज्ञान महायज्ञ सप्ताह सन्चालन भएको दुई दिनमै ५० लाख आर्थिक सहयोग संकलन भएकाे अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिए ।

Jeewan and Rajan Tailors

ज्ञान महायज्ञ सप्ताहमा कथा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले मुख्य प्रवचन रहेकाे छ । महायज्ञमा कलाकारहरूले दैनिक रूपमा भजन किर्तन, झाकी प्रस्तुत गदै आएकाे अध्यक्ष भट्टराईले बताए । कार्तिक ४ गतेसम्म चल्ने महायज्ञ सप्ताह सञ्चालन भने १०० डन्कन्स लेन, डिगर्स रेस्टस्थित आफ्नै जग्गामा ज्ञान महायज्ञ सप्ताह भाग २ अष्ट्रेलियाकाे मेलवर्न सञ्चालन भईरहेकाे छ ।

The Star Family Restaurant

महायज्ञ दैनिक हप्ताको सोमवार देखि शुक्रवारसम्म दिउँसो ४ देखि साढे ८ बजेसम्म एवंम् शनिवार र आइतवार दिउँसो २ बजेदेखि साँझ साढे ८ सम्म ज्ञान महायज्ञ सप्ताह हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै आरतीको समय भने साँझ ७ः३० बजे रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया