एनआरएनएको उपाध्यक्षमा गुल्मीका चिरञ्जीवी घिमिरेको उम्मेदवारी घोषणा



Live Gulmi


काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका सचिव चिरञ्जीवी घिमिरेले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली सङ्घको आगामी अक्टोबर १७ देखि १९ सम्म काठमाडौंमा हुने ११ औं अधिवेशनमा घिमिरेले क्यानडाबाटै उम्मेदवारी घोषणा गरेका हुन् । क्यानडाको अध्यक्ष भएर काम गरिसकेका सचिव घिमिरेले आफ्ना केही योजना पनि सार्वजनिक गरेका छन् ।

उपाध्यक्षका उम्मेदवार घिमिरेले गैरआवाशीय नेपालीका लागि वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता, सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी, पुस्तान्तरण केन्द्रीत एनआरएनए र गैर आवासीय नेपाली संघका सबै सदस्य प्रतिनिधि हुन पाउने अधिकारको सुनिश्चित गर्न आफूले काम गर्ने घोषणा गरेका छन् ।

गैरआवासीय नेपालीका लागि मात्रै होईन, उनले नेपालमा पनि सीप र लगानी भित्र्याउने योजना बनाएका छन् । उनले वैदेशिक सिप ज्ञान तथा नेपालमा सामूहिक लगानी, नेपालमा पर्यटन विकास र नेपाली कला संस्कृतिको प्रवद्र्धनमा पनि काम गर्ने घोषणा गरेका छन् ।

घिमिरेले कोभिड महामारीका बेला नेपालमा अक्सिजनको अभाव हुँदा ७५ थान अक्सिजन कन्सनट्रेटर पठाउनुका साथै क्यानडाको केन्द्रीय तथा प्रान्तीय सरकारसँग सहकार्य गरी नेपालमा भेन्टिलेटर तथा अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन अग्रणी भूमिका खेलेका थिए । त्यस्तै कोभिड महामारीका बेला नेपाली अन्तर्रास्ट्रिय विधार्थीलाई प्रत्यक्ष भेटघाट गरी आवश्यक सरसहयोग पनि उनले गरेका थिए ।

( Jeevan rajan

विभिन्न संघसंस्थाको नेतृत्वमा लामो समय काम गरेको अनुभवले एनआरएन एलाई थप सहयोग पुर्याउन सक्ने उनको विश्वास छ । उनले यसपटक आफूलाई सहयोग गर्न पनि विश्व नेपाली समुदाय समक्ष अपिल गरेका छन् । गुल्मीको धुर्कोट ७ वाग्लामा जन्मिएका घिमिरे केहि समयदेखी क्यानडा बस्दै आएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया