पख न हतारमा सबै फिर्ता लैजानु हुँदैन
महिनाैं नकुरी त मुठ्ठी पनि मानु हुँदैन
पैसालाई सबथोक मान्छ यो समाज
प्रगतिलाई यति सानो सम्झनु हुँदैन
सङ्घर्षकाे सिँढी पाइला पाइला चढ्नुछ
एकै पटकमा काेही देवकोटा र भानु हुँदैन
सफलताको बाटो हाेला बहाब पनि हाेला
हतार हतारमा पल्लो तिर चाहानु हुँदैन
धैर्य गरेर बस कटाइदेउ काेही भारिहरू
हतारमा बाघले घाँस पनि त खानु हुँदैन
✍️सम्झना गिरी (लेखक गिरी रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्छिन् ।)