सम्पूर्ण बुबाहरुलाई शुभकामना



Live Gulmi


हामीले आमाले पकाएको मिठाे मात्र देख्यौं । आमाको मात्र माया देख्यौं । तर, पकाएको खाना र गरेको मायाको मिठासको स्राेत बुझ्नेतर्फ लागेनाैं ।

त्यही मिठासकाे लागि ऋणको भारी बाेकेर बुबा हिडेका रहेछन् । तर, मैले ऋणको भारी होइन हातमा नगद पैसा मात्र देखें । बुबाकाे हात ठेलाले भरिएका थिए । तर, मैले बुझ्न सकिन् । बुबाले सधैं पढ् पढ् भन्दा पनि त्यसको वास्तविक व्यथा मैले बुझ्न सकिन् ।

Jeewan and Rajan Tailors

बुबाले नपढेर दुख पाएकाेले हामीलाई सुखकाे लागि यो भनेका रहेछन् । तर, मैले सानोमा कहिल्यै बुझिन् ।

The Star Family Restaurant

आफ्ना सबै रहरलाई मारेर सधैं हाम्रा लागि बाचिरहेयाैं । तिम्रा पनि गुनासाहरु थिए हाेला, तिमीलाई पनि दु:खकाे बाेझले थिचेकाे थियो हाेला । तर, सधैं मनकाे पीडा लुकायाैं । हामीलाई कहिल्यै दु:ख नदिई आफू पटकपटक राेएर हामीलाई सुख दिएका रहेछौं ।

बल्ल बुझ्दै छु, बुबा । दृश्यमा भगवान् आमा देखिइन् । तर, अदृश्यमा तपाईं पनि हुनुहुदाे रहेछ । बुबाआमा दुवै भगवान् बल्ल आज बुझेकी छु ।

मेरी आमा यसै पनि महान् छिन् । कर्मकाे विशाल सागरकाे छेउमा त बुबा नै हुनुहुदाे रहेछ । संसारकै देउता मेरै आमाबुबाको पाेल्टामा परुन् । हजुरहरुकाे लागि सदैव सत्कर्ममा लाग्न प्रेरित हुनेछु ।

तपाईंहरुकाे माया नै मेरो संसारको खुसी हो । कुशे औंशी (बुबाकाे मुख हेर्ने दिन) मा भगवान् रुपी बुबाहरुमा शुभकामना ।

लेखक : प्रियका पन्थी, गुल्मी (पन्थी रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीमा स्नातक तहमा अध्ययन गर्छिन् ।)

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया