विपी जन्मजयन्तीमा गुल्मी काङ्ग्रेसको फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामाग्री



Live Gulmi


सुमन महतारा, गुल्मी । विपी जन्मजयन्तीमा गुल्मी काङ्ग्रेसद्वारा फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाली काङ्ग्रेस गुल्मीले विपी काेइरालाकाे १३० औं जन्मजयन्तीकाे अवसरमा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हाे ।

पार्टीले जिल्लाकाे उपल्लो तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयमा रहेका ५० भन्दा बढी फरक क्षमता भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको हाे । भने फरक क्षमता भएका विद्यार्थीकाे स्याहारसुसारमा लागेका शिक्षक शिक्षिकालाइ समेत सम्मान गरेको छ ।

Jeewan and Rajan Tailors

वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले विपी काेइराला एउटा काङ्ग्रेस नेता मात्र नभइ साहित्य, लेख लेखन र समग्र नागरिकका मुद्दा वाेकेर हिड्ने एउटा सरल र सादकी नेता भएको भन्दै उहाँले दिएको उहाँले छाडेर गएका अनुकरणीय र सम्झना लायक कुराहरु हामीले अनुसरण गर्नुपर्ने बताए ।

The Star Family Restaurant

त्यस्तै कार्यक्रमका सभापति नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेस सधैं सवै वर्गको र सबै क्षेत्रका नागरिक संग संगै भएको बताए । उनले याे अहिले हामीले गरेको काम ठुलो हैन तर विपिलाइ स्मरण स्वरुप फरक क्षमता भएका विद्यार्थीलाई सम्झेका हाै ।
नेपाली काङ्ग्रेसले आज देशभर विपिकाे स्मरणमा कार्यक्रम गर्दैछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया