चाडपर्व मनाउन हिडेका गुल्मीका प्रिय ‘बिनोद सर’ दुर्घटनामा अस्ताए



Live Gulmi


कास्की । गुल्मेलीका प्रिय ‘बिनोद सर’ । घर पोखरा । शिक्षण पेशाको जागिर गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-८ तम्घास खानीगाउँस्थित सिद्धबाबा माविमा कक्षा ११ र १२ मा विज्ञान विषय पढाउँदै आएका थिए बिनोद तिम्सिनाले । आफै बायोलोजीका विद्यार्थी बिनोदले बायाेलाेजी नै पढाउँदै आएका थिए ।

जनैपूर्णिमा पर्व मनाउन गुल्मी देखि आफ्नो घर पोखरा आउँदै गरेका बिनोद पाल्पामै अस्ताए । पोखरा महानगरपालिका २५ माथिल्लो हेम्जाका ३० वर्षीय बिनोद चढेको स्कोर्पियो जीप पाल्पाको जोर्तेमा सुख्खा पहिरोमा पर्दा दुर्घटनामा परेको थियो । माथिबाट खसेको ठूला ढुंगाहरुले किच्दा जीपमा सवार ११ जनामध्ये ३ जनाको मृत्यु भएको थियो ।

Jeewan and Rajan Tailors

३ वर्ष अघि मात्रै बिहे गरेका बिनोदको श्रीमती र ८ महिनाका छोरा छन् । अल्पायूमै विनोदको निधनले परिवारमा ठूलो बज्रपात परेको छ । तिम्सिना परिवार शोकमा डुबेका छन् । बिनाेदकाे निधनमा विद्यालयले भाेलि शुक्रबार शाेकबिदा दिएकाे छ । आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ काे अकल्पनीय निधनमा विद्यार्थीहरू भावविह्वल बनी सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।

The Star Family Restaurant

उक्त सुख्खा पहिरोले स्कार्पियो जीप पुरिँदा गुल्मी रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा र पाल्पा तानसेन नगरपालिका घर भई गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत यम बहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । साभार गण्डक न्युज, पाेखरा, कास्की

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया