गुल्मीका एक पुरुष कैलालीमा मृत फेला



Live Gulmi


गुल्मी । गुल्मीका एक पुरुष कैलालीमा मृत फेला परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका वडा नम्बर ४ गाेलमार्केट शिव मन्दिरमा बस्दै आएका गुल्मीका ५५ वर्षीया दाशीराम पाण्डेयकाे कैलालीमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घर गुल्मी बताउने पाण्डेय बिरामी भई गम्भीर अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा मंगलबार साढे १० बजेको समयमा उनको मृत्यु भएको थियो ।

Jeewan and Rajan Tailors

जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले मृतक पाण्डेयकाे गुल्मीकाे वास्तविक घर जानकारीमा नआएको बताए । उनले काेही कसैले चिनेको भएमा सम्पर्कमा आउन आग्रह गरेका छन् ।

The Star Family Restaurant

मृतक पाण्डेयकाे शव पाेष्टमार्टमकाे लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । उनलाई साउन १५ गते प्रहरीले बिरामी अवस्थामा फेला पारेपछि उपचार गर्न अस्पताल लगिएकोमा मंगलबार बिहान साढे १० बजे मृत्यु भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया