नेपालले भारत ‘ए’ लाई १ सय ६८ रनकाे मध्यम लक्ष्य दियो



Live Gulmi


काठमाडौ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ लाई १ सय ६८ रनकाे मध्यम लक्ष्य दिएकाे छ ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । राेहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्राे प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, साेमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशाेर महताे २ रनमा नटआउट रहे ।

Jeewan and Rajan Tailors

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा राेहित र साेमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटाैँ विकेटका लागि राेहित र साेमपाल कामीले ५३ रनकाे साझेदारी गरेका थिए ।

The Star Family Restaurant

बलिङतर्फ भारत ‘ए’ का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया