गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई मासिक भत्ता



Live Gulmi


गुल्मी । गुल्मीको  इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता बितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता बितरण गरिएको हो ।

गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल परुषलाई भत्ता दिने निर्णय गरेको थियो । जसको कार्यान्वयन अनुसार एकल पुरुषलाई भत्ता प्रदान गरेको गाउँपालिका प्रवक्ता पार्वती कुँवरले जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका क्रमश १९, १६, ४, १६, ६ र ८ जना गरि ६९ एकल पुरुषलाई भत्ता प्रदान गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी प्रवक्ता पार्वती कुँवरले एकल महिलाले राज्यबाट भत्ता पाउँदा पुरुष बिभेदमा परेकोले आफुहरुले पुरुषलाई भत्ता दिने निर्णय गरेको बताउनुभयो । “एकल पुरुष राज्यको उपेक्षामा परेका छन्” उहाँले भन्नुभयो, “गाउँपालिकाको भत्ताले जीविकोपार्जनमा न्यूनतम राहात हनेछ ।” उहाँले यो कार्यक्रमलाई दीर्घकालसम्म निरन्तरता दिने बताउनुभएको छ ।

The Star Family Restaurant

गाउँपालिकाले पहिचान भएका वा सम्पर्कमा आएका ५५ वर्ष माथिका सबै एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया