पाँच दिनमा दुई बेहुलासँग एक बेहुली



सन्तोष महतारा


गुल्मी । समाजमा बिवाहको नाममा सँस्कृतिको बर्खिलाप भइरहेको छ । गुल्मीमा घटेको अचम्म लाग्दो एउटा घटनाले बिवाह शब्दको समेत बेइज्जत गरेको हो । पाँच दिनमा दुई बेहुलासँग एक बेहुली भित्रिएपछि यसलाई सबैले आश्चर्यजनक मानेका छन् ।

सुन्दा विश्वास नलाग्ने घटना हो, एउटा केटीले पाँच दिनको अन्तरमा दुई मण्डपमा दुई जना केटासँग बिवाह गर्नुभयो । गुल्मीको धुर्कोट गाउँपालिका–५ का प्रकाश बिकसँग यही माघ १२ गते औपचारिक बिवाह गर्नुभएकी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ की राधिका सुनारले त्यसको पाँच दिनमा माघ १६ गते छत्रदेव गाउँपालिका–३ का प्रकाश सुनारसँग बिवाह गर्नुभयो ।

Jeewan and Rajan Tailors

धुर्कोटका प्रकाश बिक बैदेशिक रोजगारीबाट बिवाहको लागि एक महिना अगाडि मात्र घर आउनुभएको थियो । उमेरले २८ वर्ष पुग्नुभएका उहाँको घरमा सल्लाह गरेर मागी बिवाहको तयारीमा लाग्नुभयो । दिदि चमेली बिकले सानिमा सासु मार्फत बिवाहको लागि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा पु¥याउनुभयो । स्थानीय राधिका सुनारसँग बिवाहको छिनोफानो भयो । यो घटना यही माघ १० गतेको हो ।

The Star Family Restaurant

प्रकाश घर फर्किएर बिवाहको तयारी थाल्नुभयो । १२ गते राधिकालाई घरपरिवारले तम्घास ल्याउनुभयो । प्रकाश धुर्कोटबाट तम्घास आउनुभयो । त्यसपछि बिवाहको सरसमान किनेर धुर्कोट फर्किपछि सोही दिन दिउँसो औपचारिक रुपमा बिवाह सम्पन्न भयो । अर्को दिन दुलन फर्काउन छत्रदेव–३ मा राधिकाको माइत पुग्नुभयो । अचानक राति ३ बजे प्रकाश बिकलाई ससुराली घरपरिवारले राधिकाले भागेर अन्यत्र बिवाह गरेको सुनाउनुभयो । न्याय खोज्दै प्रकाश विगत एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय गुल्मीमा धाउनुभएको छ । “खै यस्तो घटना के कसरी सुनाउन सक्छु र ?” प्रकाशले भन्नुभयो, “इज्जतको मुल्य त नफर्किने भो, बिवाहको क्षतिपुर्ती चाहिन्छ ।” आफुलाई न्याय हुनुपर्ने उहाँको तर्क छ ।

राधिकाका अनुसार घरपरिवारले जबरजस्ती बिवाह गरिदिनुभएको हो । आफुले विगत ५ वर्षदेखि छत्रदेवकै वडा नम्बर ३ का प्रकाश सुनारसँग मायाप्रेम भएको घरमा जानकारी गराएको राधिकाले बताउनुभयो । “मेरो मोबाइल खोसेर बन्धक बनाएर बिवाह गराइएको थियो ।” उहाँ भन्नुहुन्छ, “लभ परेको मान्छेलाई छाड्न सक्दिनँ, अहिले सँगै हुन पायौं खुसी छु ।” प्रकाश सुनारसँग राधिकाको गत सोमबार १६ गते औपचारिक बिवाह भएको हो । राधिका अहिले पनि माइतीको सम्पर्कमा हुनुहुन्न । साथमा उहाँको पुरानो मोबाइल अझै पनि छैन ।

अघिल्लो हप्ता अर्कोसँग बिवाह गरेकी राधिकालाई अर्को हप्ता आफुले बिवाह गरेका प्रकाश सुनार मायाप्रेम सफल भएकोमा खुसी हुनुहुन्छ । “पाँच वर्षको मायाप्रेम सफल भएको छ” उहाँले भन्नुभयो, “तिन दिन सम्पर्कबिहिन भएपनि जिबनमा सँगै हुन पाइयो ।” उहाँहरुले पीडित देखिएका प्रकाश बिकको परिवारलाई क्षतिपुर्ती नदिने भन्दै जबरजस्ती बिवाह गराइदिने माइती पक्ष जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ । राधिकाकी आमा मानकुमारी बिक भने यो घटनाबारे बोल्नुभएको छैन ।

प्रकाश सुनारकी हजुरआमा जमुना बिकले अहिलेको जमाना आफुहरुको पालाको जस्तो नभएकोले मायाप्रेम गर्नेले बिवाह गर्नुपर्ने बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले राधिका, राधिकाका माइती, पीडित प्रकाश बिकको घरपरिवार र नयाँ दुलहा प्रकाश सुनारको घरपरिवारसँग छलफल गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले यस सम्बन्धि उजुरी आएकोले दुवै पक्षलाई बोलाएर पहिलो चरणमा छलफल भइरेहको र अझै टुङ्गो नलागेको बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया