गुल्मीमा एकल महिलाको हत्या, बाँधेको अवस्थामा शव फेला



Live Gulmi


गुल्मी । हात र खुट्टा टेपले बाँधेको साथै ढोका छेउमै घोप्टो पारिएको अवस्थामा गुल्मीमा महिलाको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ वामीमा घरमै एक्लै बस्दै आएकी ५७ वर्षीया गंगादेवी शेरचन मृत अवस्थामा भेटिएकी हुन् ।

शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घरको मुख्य चेनगेटको अगाडि शेरचनको शव थियो । शेरचन हिजो बिहान घरबाट बाहरि ननिस्कीएपछि छिमेकीले सोधखोज गर्दा उनको शवलाई हात र खुट्टामा टेपले बाँधेको साथै घोप्टो पारिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

Jeewan and Rajan Tailors

शेरचनले विगत ४० वर्षदेखि गंगा होटल संचालन गर्दै आएकी थिइन् । स्थानीय आफन्त सुनिल शेरचेनले माग गरेपछि कुकुरमार्फत अनुसन्धान सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले संकास्पद भएकोले तालिम प्राप्त कुकुर अनुसन्धान थालिएको बताए । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मृतक शेरचनको शव पोष्टमार्टम पछि आफन्तले बुझेका छन् ।

The Star Family Restaurant

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया