रेसुङ्गा गुल्मी जेसिजको पद हस्तान्तरण



Live Gulmi


गुल्मी । गुल्मीमा रेसुङ्गा गुल्मी जेसिजको प्रथम पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा शनिबार निवर्तमान अध्यक्ष धर्मराम पाण्डेले वर्तमान अध्यक्ष बिजय पन्थीलाई पद हस्तान्तरण गरेका हुन् ।

नेतृत्व र क्षमता विकास कार्यक्रममा काम गर्दै आएको रेसुङ्गा गुल्मी जेसिज सन् २०२१ मा दर्ता भएको थियो । जसको दुई वर्षे कार्यकाल हुन्छ । सोही समयावधिको कार्यकाल सकाएर अध्यक्ष धर्मराज पाण्डेले पद हस्तान्तरण गरेको कार्यक्रममा संचालक रोशन सिंह ठकुरीले जानकारी दिए । रेसुङ्गा गुल्मी जेसिजको सबै पदाधिकारीसहित कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको कार्यकारी उपाध्यक्षमा पुण्य प्रसाद सुवेदी र सुरज पोखरेल रहेका छन् । उपाध्यक्षमा राजु कार्की, अर्जुन पोखरेल, फर्शुराम पन्थी र रोशन सिंह ठकुरी चयन भएका छन् । महासचिवमा सरोज अर्याल, पुनाराम घिमिरे र सह सचिवमा शिव भण्डारी लगायतको कार्यसमिति चयन भएको हो ।

Jeewan and Rajan Tailors

कार्यक्रममा जेसिज पाल्पा र देवदहको टिम पनि गुल्मी आएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ रहेका थिए ।  कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा रेसुङ्गा नगरपालिकाका प्रमुख तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गरेका थिए । पन्थीले नेतृत्व र क्षमता विकास गर्ने जेसिजमा निर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया