‘गुल्मी छापहिलेमा’ पञ्चेबाजा गीत चर्चामा



Live Gulmi


गुल्मी । ‘गुल्मी छापहिलेमा’ पञ्चेबाजा गीत चर्चामा आएको छ । पछिल्लो समय नेपाली मौलिकतामा आधारित रहेर बजारमा आएको ‘गुल्मी छापहिलेमा’ बोलको पञ्चेबाजा गीत चर्चामा आएको हो ।

छापहिले लगायत गुल्मीका प्राय ठाउँलाई जोडेर शब्द मार्फत निकै रोचकताका साथ प्रस्तुत गरेको गीतमा लामो समयदेखि कतारमा रोजगारीसँगै धेरै संघसंस्था मार्फत सामाजिक सेवा गर्दै आएका झविन्द्र आचार्यले आफ्नै श्रीमती अमृता आचार्य सँगको बिवाहाकाे दृश्यले गीतलाई थप रोचक बनाएको छ ।

Jeewan and Rajan Tailors

चर्चित गायक बिक्रम परियार र गायिका शान्ति श्री परियारको स्वर रहेको गीतमा गुल्मीको माटोलाई समेट्दै अर्जुन राजले शब्द कोरेका हुन् नन्दु परियाले गीतको लय सिर्जना गरेका छ्न् ।

The Star Family Restaurant

अमित सुनारको निर्देशन, सुनिल परियारको संगीत संयोजन, अजय रेग्मीको छायांकन तथा सुनिल बिकको निर्देशन गीतमा रहेको छ । गीतमा झविन्द्र आचार्य, अमृता आचार्य लगायत रबिना भण्डारी, बिजय बिश्वकर्मा, सुबर्ण दुलाल, बिक्रम परियार, अमित सुनार र सन्तोष काफ्ले लगाएतका कलाकारको अभिनय देख्न सकिन्छ ।

जन्मभूमि गुल्मीलाई समेटेर जिल्लाको मालिका गाउँपालिका-५ छापहिलेका झबिन्द्र आचार्यको लगानीमा निर्माण भएको यो गीतले अहिले सामाजिक संजालहरुमा चर्चा कमाएको छ ।

हेर्नुहोस् भिडियो :

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया