गुल्मीकी अञ्जना अष्ट्रेलियामा पाइलट



Live Gulmi


अष्ट्रेलिया । गुल्मीकी अञ्जना अष्ट्रेलियामा पाइलट बनेकी छिन् । जिल्लाकाे मुसिकोट नगरपालिका-८ वामी मैदान जन्मथलो भई हाल अष्टेलियाको मेलवर्नमा बस्दै आएकी अञ्जना कँडेल पाइलट बन्न सफल भएकी छन् ।                                                                                                                      सन् २००६ मा अष्ट्रेलियामा बुवा टंक कंडेल तथा आमा लक्ष्मी कंडेलको साथमा अष्ट्रेलिया आएकी उनले यही उच्च शिक्षा लिएर पाइलट बन्न सफल भएकी हुन् ।

उनले आरएमआईटी यूनिभर्सिटीबाट एभिएसनको डिग्री गर्दैछन् । कुल चार बर्षको अध्ययनको शिलशिलामा उनले दुई बर्ष पूरा गरेकी छन् । यो सँगै उनले अब ट्विनअटर विमानहरु उडाउन पाउने उनले जानकारी दिइन् ।

Jeewan and Rajan Tailors

‘मेरो अझै दुई बर्षको पढाई पूरा हुन बाँकी छ’, उनले भनिन्, ‘अहिले ट्विनटर विमानहरु उडाउन अनुमति छ ।’ उनका अनुसार हाल उनलाई पर्यवेक्षको उपस्थितीमा उडान भर्न सक्नेछिन् ।

The Star Family Restaurant

गुल्मीको मुसिकोट नगरपालिका ७ र ८ अर्थात साविकको गाबिसबाट उनी पाइलट बन्न सफल पहिलो व्यक्ति भएको उनका बाबु टंक कंडेलले कनेक्ट नेपालीलाई बताए ।

उनले भने, ‘नानी वामीमै पहिलो तथा सम्भवत गुल्मीबाट पहिलो पाइलट हुन्, उनको यो पढाई र उपलब्धि हासिलले हामीहरुलाई गर्वको अनूभूत भएको छ ।’

उनको पूरा कोर्स सकिएसँगै कमर्सिलयल अर्थात व्यापारिक उडानहरु भर्न पाउनेछिन् भने केही बर्षको अनुभवपछि अन्तराष्ट्रिय उडानहरु पनि गर्न पाउनेछिन् ।

‘डेढ दशकदेखिको संघर्षको क्रममा छोरीको यो सफलताले निकै राम्रो अनूभुति भइरहेको छ’, उनका बाबु कंडेलले भने, ‘सानैबाट उनको पढाइमा राम्रो लगाव थियो, लक्षण राम्रो थियो ।’

उनले वामी मैदान स्थित श्री शारदा विद्या मन्दिर माविमा पहिलो पटक नर्सरी कक्षामा भर्ना भएकी थिइन् । उनले उक्त विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरिन् । सुरुवाती अवस्थामा नै उनको शिक्षाप्रति लगाव राम्रो रहेको श्री शारदा विद्या मन्दिर माविका प्रध्यानाध्यापक ज्ञानहरी सापकोटाले बताए ।’

‘आफ्नो गाँउको छोरी चेलीले यसप्रकारको सफलता हासिल गर्दा हामीहरुलाई पनि खुशी र गर्व अनुभूत भएको छ’, सापकोटाले भने, हाम्रो विद्यालयबाट धेरै मानव संशाधन उत्पादन भएको छ । पाइलट भएको पहिलो हो ।’

२००६ मा वामीबाट अष्ट्रेलिया आएकी उनले नियमित रुपमा आफ्नो अध्ययनको शिलशिला अघि बढाइन्। जसमा उनको परिवारको पूर्ण रुपमा साथ रह्यो।

‘आफ्ना बच्चाबच्चीहरुको इच्छाअनुसारको अध्ययन गर्ने वातावरण बनाउने या अवधिमा धेरै दुःख गर्यौं,’ उनका बाबु टंकले भने, ‘अझै केही समय प्रतिक्षा गर्न बाँकी छ।’

टंकका अन्जना सहित ४ छोराछोरी रहेका छन् । दुई छोरा, दुई छोरीसहित आफ्नो आमा र श्रीमतीसहित कंडेल परिवार भिक्टोरियाको लिलिडेलमा बसोबास गर्छन् । उनीहरुले यहाँ लामो समयदेखि रेष्टुरेन्ट व्यावसाय समेत गरिरहेका छन् । यो समाचार अष्ट्रेलियाबाट अनिश शर्मा गैरेले लेखेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया