हेफरको सहयोगमा किसानलाई सहुलियत कर्जा



Live Gulmi


गुल्मी । कृषि र पशु उद्यमी तयारको लागि गुल्मीमा सहुलियतपुर्ण कर्जा हस्तान्तरण गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका किसानका लागि गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कार्यक्र चलिरहेको छ ।

हेफर प्रोजेक्ट नेपालले चलाएको गुल्मीदरबार कृषि तथा पुश उद्यमशीलता विकास परियोजना अन्तर्गत पहिलो चरणमा ८ जना किसानलाई सहुलियत कर्जा हस्तान्तरण गरेको हेफरका प्राविधिक संयोजक शशी भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार एसबीआई बैंकबाट ५ किसानलाई ४९ लाख र कृषि विकास बैंकबाट ३ किसानलाई ३० लाख गरि जम्मा ७९ लाख हस्तान्तरण गरिएको हो ।

Jeewan and Rajan Tailors

किसानको माग र आवश्यकताको आधारमा सहुलियत कर्जा हस्तान्तरण गरिएको हो । किसानले कृषि र पशुपालनको क्षेत्रमा यो रकम लगानी गर्न सक्नेछन् । किसानले एक लाख देखि २० लाख सम्मका दरले सहुलियत कर्जा पाएका हुन् ।

The Star Family Restaurant

गाउँपालिकाको तर्फबाट अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा, कार्यक्रम हेरिरहेको संस्था नवप्रभात युवा संघका फोकल पर्सन धातानन्द भुसाल, हेफर प्रोजेक्टको तर्फबाट कार्यक्रम अधिकृत नारायण भट्टराई, नरेश सिंह धामी र बैंकका गुल्मी शाखा प्रमुखको उपस्थितीमा किसानहरुलाई सहुलियत कर्जा हस्तान्तरण गरिएको हो ।

किसानहरुलाई सहुलियत कर्जा हस्तान्तरण गर्दै गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले हेफर प्रोजेक्टसँगको सहकार्यमा सिङ्गो गाउँवासीलाई सहयोग भइरहेको बताउनुभयो । “गाउँपालिकालाई समुन्नत बनाउने मुख्य आधार कृषि र पशुपालन हो” अध्यक्ष थापाले भन्नुभयो, “अझै किसानमाझ लोकप्रिय कार्यक्रम ल्याउने छौं ।” उहाँले सहुलियत कर्जा लिनुभएका किसानलाई सही ठाउँमा लगानी गरेर उद्यमी बन्न पनि आग्रह गर्नुभयो । किसानहरुले मासिक रुपमा ५ वर्षसम्म लगेको सहुलिय कर्जा तिरेर सक्नुपर्नेछ ।

  • सन्तोष महतारा, गुल्मी

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया