गुल्मीमा घरेलु उत्पादनको प्रदर्शनसहित माघी मेला लाग्दै



Live Gulmi


गुल्मी । गुल्मीमा घरेलु उत्पादनको प्रदर्शनीसहित माघी मेला लाग्ने भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेस्थित लेकपोखरामा कृषि र पशुपालनतर्फ घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न खेलकुद र साँस्कृतिक मेलासहित तिन दिने माघी मेला लाग्दैछ ।

मकर वा माघे सङ्क्रान्तिको अवसरमा पुस २९ गतेदेखि माघ १ गतेसम्म सोही कार्यक्रमहरु हुने कार्यक्रम संयोजक चन्द्र महताराले जानकारी दिनुभयो । ऐतिहासिक तथा धार्मीक महत्त्व बोकेको गुल्मीको पश्चिम क्षेत्रकै चर्चित लेकपोखरामा लाग्ने मेलाको सन्दर्भमा मेला व्यवस्थापन समितिले जिल्लाको सदरमुकाम तम्घासमा बुधबार पत्रकार सम्मेलन समेत गरेको थियो । मुख्य गरेर घरेलु उत्पादनको प्रदर्शनसहित माघी मेलाको आयोजना गर्न लागेको महताराले बताउनुभयो ।

Jeewan and Rajan Tailors

घरेलु उत्पादन अन्तर्गत मेलामा तरकारी, फलफुल, विभिन्न कृषि उपज र पशु उपजहरुलाई प्रदर्शनीको रुपमा राखिने छ । खेलकुद अन्तर्गत मालिका गाउँपालिका र इस्मा गाउँपालिकाबाट वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै साँस्कृतिक कार्यक्रम अन्तर्गत बरिष्ठ लोक तथा दोहोरी गायक बोम बहादुर कार्की, शिवा आले लगायतका कलाकारको प्रस्तुती रहनेछ ।

The Star Family Restaurant

छापहिलेका वडाध्यक्ष रेखा कुमार जिसीले झण्डै तिन सय वर्ष अगाडि चिम्टाले एक ब्यक्तिले खनेको पोखरी र पोखरीमा संसारभरका मुख्य नदीहरुको पानी मिसिएको जनबिश्वास छ । “माघी मेलाको अवसरमा पोखरीमा स्नान गरेपछि वर्षभरका पापहरु न्ष्ट हुने बिश्वास छ” वडाध्यक्ष जिसीले भन्नुभयो, “गुल्मीको पश्चिम क्षेत्रमा लेकपोखराको छुट्टै पहिचान छ ।” लेकपोखरा स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र स्थानीयहरुको पहलमा लेकपोखरालाई व्यवस्थित गरिएको छ । लेकपोखरा उल्टेढुङ्गाको नामले पनि परिचित छ ।

– सन्तोष महतारा

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया