गुल्मीमा ३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि



Live Gulmi


गुल्मी । गुल्मीमा ३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार मंगलबार र बुधबार जिल्लाका ३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको हो ।

जिल्लाकाे रेसुङ्गा नगरपालिकाका २ महिला र १ पुरुष गरेर जम्मा ३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको हो । संक्रमित अहिले ३ जना हाेम आइसाेलेसनमा रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

Jeewan and Rajan Tailors

गुल्मीमा हालसम्म काेराेना संक्रमणबाट २ सय ८८ जनाको मृत्यु भइसकेकाे छ । जिल्ला भित्र ८५ जना र जिल्ला बाहिर २ सय ३ जनासहित कुल २ सय ८८ जनाको काेराेना भाइरसकाे संक्रमणका कारणले मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांकमा उल्लेख गरिएको छ ।

The Star Family Restaurant

गुल्मीमा हालसम्म ८ हजार २ सय ३१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भइसकेको छ । जसमा ७ हजार ९ सय ४० संक्रमित निकाे भइसकेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया