धान दिवसको अवसरमा चन्द्रकाेटले वृहत् धान रोपाइँ गर्ने 



Live Gulmi


गुल्मी साप्ताहिक पत्रिका 
गुल्मी, १३ असार /  धान दिवसकाे अवसर पारेर  गुल्मीमा वृहत् धान रोपाइँ गरिने भएको छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाकाे आयोजनामा राष्ट्रिय धान दिवसको अवसर पारेर वृहत् धान रोपाइँ गरिने भएको हो ।
गाउँपालिकाले गाउँपालिकाकाे शान्तिपुरमा रहेको कुलबहादुर पुनको खेतमा वृहत् धान रोपाइँ गर्ने भन्दै उपस्थितिका लागि चन्द्रकाेटवासीलाई आग्रह गरेको छ । चन्द्रकाेट गाउँपालिकामा रहेका धान खेती गर्ने किसानको मनोबल उच्च राख्न र श्रमकाे सम्मान गर्नकाे लागि १९ औं राष्ट्रिय धान दिवसकाे अवसरमा बुधबार वृहत् धान रोपाइँकाे आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।
यस वर्ष ‘धान बालीमा जैविक विविधताकाे उपयोग-आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । प्रत्येक वर्षको असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया