गुल्मीको मदानेमा एक विद्यालयका ३५ विद्यार्थी एकैपटक बिरामी, स्वास्थ्यकर्मीकाे टाेली जाँदै 



Live Gulmi


सन्तोष महतारा गुल्मी, २ असार /  गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । जिल्लाकाे मदाने गाउँपालिकामा रहेको अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएको उक्त वडाका  वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।

उक्त विद्यालयकाे कक्षा ६ देखि १० सम्म अध्ययनरत ३५ विद्यार्थीमा चिच्याउने, बेहोस हुने, उफ्रने र  काम्ने लगायतका समस्या देखिएका छन् । उनीहरु २ महिना अघि पनि यस्तै लक्षणसहित बिरामी परेका थिए । अहिले भने लामो समयसम्म यी लक्षणसहित विद्यार्थीमा समस्या देखिएको विद्यालयले जनाएको छ । बिरामी हुनेमा छात्र र छात्रा दुवै छन् । बिरामी हुनुको कारण अझै खुल्न सकेको छैन ।

Jeewan and Rajan Tailors

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार स्वास्थ्यकर्मीकाे टाेली पठाउने बताएका छन् । केही दिन सबै विद्यार्थीकाे प्रत्यक्ष सम्पर्कमा रहने गरेर उपचार गर्नकाे लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीकाे टाेली पठाउने प्रमुख जिल्ला अधिकारी पाैडेलले बताएका हुन् ।

The Star Family Restaurant

उक्त विद्यालयमा ५ वर्षअघि पनि करिब ४० जना विद्यार्थीमा एकैपटक लामो समयसम्म यस्तै स्वास्थ्य समस्या देखिएको थियोे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया