सबै समुदायलाई समुन्नत बनाउँछौं : नगरप्रमुख खिलध्वज पन्थी



Live Gulmi


रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको तर्फबाट समग्र विद्यालयको हकहितमा काम हुने बताएका छन् । तम्घासमा रहेको मदरसा अहले सुन्नत प्राथमिक विद्यालयको बार्षिक उत्सव, नतिजा प्रकाशन समारोह कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाका प्रमुख पन्थीले यस्तो बताएका हुन् ।

सबै मिलेर अगाडि बढे मात्र समुन्नत नगरपालिका बनाउन सम्भव रहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले दाबी गरे । ‘मानिस ठूलो भन्दा असल बन्नुपर्दछ ।’ नगरपालिकाका प्रमुख पन्थीले भने, “सबै मिलेर अगाडि बढेमा नगरपालिका सजिलै समुन्नत बन्छ ।” विद्यालयको समग्र समस्या राख्न आग्रह गर्दै आफू बिना स्वार्थ जनताको सेवामा तप्पर रहेको पनि नेपाली काँग्रेस गुल्मीका सभापति समेत रहेका पन्थीले बताए ।

Jeewan and Rajan Tailors

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष राम्जी पन्थीले वडाको तर्फबाट विद्यालयलाई सदैब सहयोग हुने बताए । उक्त विद्यालयका संचालक समिति अध्यक्ष खुसदिन मियाँ अलीले विद्यालयमा अहिले मुस्लिम समुदायका ८० जना विद्यार्थीले अध्ययन गर्ने बताए । उनका अनुसार उक्त विद्यालयमा उत्तिर्ण विद्यार्थी, अनुशासित विद्यार्थी तथा सरसफाईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया