गुल्मीमा आगामी आर्थिक वर्षका लागि संघीय सरकारले बजेट पठाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि गुल्मीमा संघीय सरकारले कुल ४ अर्ब ५१ करोड ९६ लाख बजेट पठाएको हो ।
गुल्मीका १२ स्थानीय तह मध्ये सबैभन्दा धेरै बजेट मुसिकाेट नगरपालिकामा आएको छ । त्यस्तै सबैभन्दा कम बजेट इस्मा गाउँँपालिकामा आएको छ ।
गुल्मी : ४ अर्ब ५१ करोड ९६ लाख
मुसिकाेट नगरपालिका : ४८ करोड ५२ लाख
रेसुङ्गा नगरपालिका : ४१ करोड १३ लाख
धुर्काेट गाउँपालिका : ४० करोड ६३ लाख
मालिका गाउँपालिका : ३९ करोड १५ लाख
छत्रकाेट गाउँपालिका : ३८ करोड ५८ लाख
मदाने गाउँपालिका : ३८ करोड २० लाख
सत्यवती गाउँपालिका : ३८ करोड १० लाख
रुरुक्षेत्र गाउँपालिका : ३६ करोड १६ लाख
कालीगण्डकी गाउँपालिका : ३४ करोड ४३ लाख
चन्द्रकाेट गाउँपालिका : ३३ करोड ८४ लाख
गुल्मीदरबार गाउँपालिका : ३२ करोड १९ लाख
इस्मा गाउँपालिका : ३१ करोड ३ लाख