मालिका ५ को वडाध्यक्षमा गठबन्धनबाट काँग्रेसका जिसीको मनोनयन दर्ता



Live Gulmi


गुल्मी, १२ बैशाख
गुल्मीको मालिका गाउँपालिकामा सत्तारुढ गठबन्धनका दलहरुले मनोनयन दर्ता गराएका छन् । गाउँपालिकाको वडा नम्बर ५ छापहिलेबाट वडाध्यक्षका लागि गठबन्धनका साझा उमेदवार रेखा कुमार जिसीले मनोनयन दर्ता गराएका छन् ।

त्यस क्षेत्रको नेपाली काँग्रेसका प्रदेश क्षेत्रीय सभापति समेत रहेका जिसी लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील रहेका छन् । वडाध्यक्षका लागि उमेदवार बनेका जिसीले आफुले बहुमतका साथ जित्ने दाबी गरे । उनले आफु मात्र नभएर गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडा गठबन्धनका साझा उमेदवारले जित्ने दाबी गरे ।

Jeewan and Rajan Tailors

वडाध्यक्षको उमेदवार बनेका जिसीले आफुलाई छापहिलेबासीले अत्याधिक मतले बिजयी गराउने बताए । गएको ५ वर्षे कार्यकालमा छापहिलेसहित गाउँपालिकामा कुनै राम्रा काम हुन नसक्दा स्थानीयमा छाएको निराशाका कारण आफुले वडाध्यक्षमा उमेदवारी दिएको जिसीको भनाई छ । उनले मालिका गाउँपालिकाको समग्र विकासका लागि सत्तारुढ गठबन्धनका साझा उमेदवारहरुलाई मतदान गर्न पनि सबै मालिका बासीलाई आग्रह गरे । त्तारुढ गठबन्धनका साझा उमेदवारले आइतबार निकै उत्साहजनक तरिकाले मनोयन दर्ता गराएका थिए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया