आशा अपांग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेकाे २ लाख आर्थिक सहयोग



Live Gulmi


गुल्मी साप्ताहिक पत्रिका, ०८ फागुन /  आशा अपांग केन्द्र गुल्मीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गुल्मी जिल्ला समाज यूकेले संकलन गरेको रकम आइतबार आशा अपांग केन्द्र गुल्मीलाई हस्तान्तरण गरिएको हो ।

गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनाेद ज्ञवालीले केन्द्रलाई २ लाख १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बिदेश बस्ने नेपालीकाे भावना जन्मभूमिसँग जाेडिएकाेले गुल्मी जिल्ला समाज यूकेले निरन्तर सहयोग गरिरहेकाे बताए । गुल्मीका हरेक क्रियाकलापहरुमा गुल्मी जिल्ला समाज यूके प्रत्यक्ष रुपमा जाेडिएर सहयोग गरेको हुदा सबै प्रवासीसँग आफू र सिङ्गो गुल्मी आभार रहेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

Jeewan and Rajan Tailors

कार्यक्रममा बिशिस्ट अतिथि आर्थिक सहयोग हस्तान्तरण गर्दै गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनाेद ज्ञवालीले संस्थाले निरन्तर गुल्मेलीहरुलाई सहयोग गरिरहेको बताए । संस्थाले गुल्मीमा शिक्षा र स्वास्थ्यसँग जाेडिने क्रियाकलाप र विपद् आइलाग्दा निरन्तर सहयोग गरिरहेको छ । रीडीमा एम्बुलेन्स हस्तान्तरण, बडा गाउँमा आगलागी हुँदा, लिम्घा र ठुलोलुम्पेकमा पहिराे जाँदा लगायतका क्षेत्रमा गुल्मी जिल्ला समाज यूकेले आर्थिक सहयोग गरिरहेको संस्थाका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार ज्ञवालीले बताए । समाजले प्रत्येक वर्ष आशा अपांग केन्द्रलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

The Star Family Restaurant

कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले आशा अपांग केन्द्रले अपांगता भएका ब्याक्तिकाे क्षेत्रमा उल्लेखनीय काम गरेकोले केन्द्रलाई सहयोग गर्न आवश्यक रहेको बताए । गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोगकाे प्रशंसा गर्दै प्रवासमा रहने नेपालीलाई धन्यवाद दिए ।

कार्यक्रममा आशा अपांग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीले सहयोग गर्नेप्रति आभार ब्यक्त गर्दै स्वागत मनतब्य राखेकी थिइन् । आशा अपांग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमकाे संचालन केन्द्रका अमृत रसाइलीले गरेका थिए । आशा अपांग केन्द्र गुल्मीले अपांगता भएका व्याक्तिहरुकाे क्षेत्रमा काम गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनाेद ज्ञवाली, नेपाली सेना संग्राम सार्दुल गुल्म गुल्मीका सह-सेनानी दयाराम ढकाल, नागरिक समाज गुल्मीका गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डे, आशा अपांग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे, उपाध्यक्ष गंगा रायमाझी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया