करार कर्मचारी मञ्च मालिकाकाे अध्यक्षमा पाैडेल 



Live Gulmi


गुल्मी साप्ताहिक पत्रिका, ०७ फागुन / 

करार कर्मचारी मञ्च मालिकाकाे अध्यक्षमा पाैडेल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको मालिका गाउँपालिकामा गरिएको करार कर्मचारीहरुकाे प्रथम भेलाबाट जगत बहादुर पाैडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

Jeewan and Rajan Tailors

गाउँपालिकाका सुचना अधिकारी तथा सुचना प्रविधि अधिकृत समेत रहेका पाैडेलकाे नेतृत्वमा मालिका गाउँपालिकामा १७ सदस्यीय करार कर्मचारी मञ्च गठन गरिएको हो । मञ्चको उपाध्यक्षमा देविका विश्वकर्मा, सचिवमा कमल नेपाली र कोषाध्यक्षमा इश्वरा विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

The Star Family Restaurant

करार सेवामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको पेसागत हक र हित, थप क्षमता वृद्धि,  कार्यअनुभव आदनप्रदान, राम्रा कार्यको अनुकरण गर्ने र करार कर्मचारीहरुका समस्यालाई सांगठनीक रुपमा समाधान गर्नको लागी मञ्च निर्माण गरिएको हो ।

शनिबार गाउँपालिकाको सभाहलमा भएको  कार्यक्रममा गाउँपालिका अध्यक्ष रित बहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै निष्ठा पुर्वक आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले गाउँपालिकाको समग्र विकासको लागी करार कर्मचारी मेरुदण्ड भएको उल्लेख गरे ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले गाउँपालिकाको विकास, सुशासन तथा सेवा प्रवाहमा करार कर्मचारीको मुख्य भुमिका रहेको बताए । मालिका गाउँपालिकाका करारका कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको बताउदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

सम्मेलनमा गाउँपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका कार्यालयहरुबाट ५५ जना करार कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया